काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । बैठक सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निवासमा सुरु भएको हो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पदाधिकारीहरु सहभागी कांग्रेसले जनाएको छ ।
आजको बैठकमा कांग्रेसले सरकारको कार्यशैलीविरुद्ध लिने रणनीतिबारे छलफल गर्नेछ । पछिल्लो समय सभापति देउवा ओली सरकारप्रति नरम बनेको भन्दै पार्टीभित्रै आलोचना भइरहेको छ । बुधबार तनहुँमा पुल उद्घाटन गर्नबाट रोकेर प्रहरीले वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएको घटनाले कांग्रेस नेतृत्वमाथि दबाब बढेको छ ।
बुल्दीखोला पुल उद्घाटनमा पुगेका पौडेललाई प्रशासनको निर्देशनमा नियन्त्रणमा लिएपछि देशव्यापी रुपमा कांग्रेस कार्यकर्ता आन्दोलित भएका छन् ।
यसले देशव्यापी आन्दोलन गरी सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुनुपर्ने नेत्तृत्वलाई दबाब आएको नेताहरु बताउँछन् ।