Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विचार र राजनीतिको आधारमा बृहत्तर कम्युनिष्ट पुनर्गठन आवश्यकः नेता माधव सापकोटा

विचार र राजनीतिको आधारमा बृहत्तर कम्युनिष्ट पुनर्गठन आवश्यकः नेता माधव सापकोटा

  • शनिवार, आषाढ १३ २०८३

  • 198
    SHARES

  • विचार र राजनीतिको आधारमा बृहत्तर कम्युनिष्ट पुनर्गठन आवश्यकः नेता माधव सापकोटा

    काठमाडौ । नेकपाका नेता माधव सापकोटाले देशका सम्पूर्ण कम्युनिष्ट शक्तिहरू एकजुट भई बृहत्तर ढंगबाट पार्टी पुनर्गठन गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ’नेपाली बहस’ मा पत्रकार खेम बमसँग कुरा गर्दै नेता सापकोटाले कम्युनिष्ट आन्दोलनको रक्षा र विकासका लागि नयाँ ढंगको एकता अपरिहार्य रहेको बताउनुभएको हो । उहाँले अबको पुनर्गठन र एकताका लागि माथिल्लो तहमा मात्र नभई तल्लो जगैदेखि सबै कार्यकर्ता र शुभचिन्तकहरूलाई मिलाएर लैजानुपर्ने सर्त अघि सार्नुभयो ।
    नेता सापकोटाले विगतमा जस्तो ’बार्दली’ बाट हात मिलाएर वा शीर्ष नेताहरू मात्रै एक ठाउँमा उभिएर अब कम्युनिष्टहरूको अस्तित्व रक्षा हुन नसक्ने ठोकुवा गर्नुभयो । अबको सहकार्य र एकता विशुद्ध विचार तथा राजनीतिको ठोस आधारमा हुनुपर्ने उहाँको भनाइ छ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै उहाँले कम्युनिष्टहरूले आफ्ना एजेन्डाहरू जनताले सहजै बुझ्ने सरल भाषामा लैजानुपर्ने र त्यसका लागि चुनावी सहकार्य गरेर अगाडि बढ्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको उल्लेख गर्नुभयो ।
    पछिल्लो समय जनताले राजनीतिक परिवर्तन खोजेका कारण नै राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) लाई मतदान गरेको नेता सापकोटाले स्वीकार गर्नुभयो । जनतामा अझै पनि परिवर्तनको तीव्र चाहना रहेकाले उनीहरूको विश्वास जित्न कम्युनिष्टहरूले आफूलाई वैचारिक र व्यावहारिक रूपमा तयार पार्नुपर्ने उहाँले बताउनुभयो । जनताको बदलिँदो चाहनालाई सम्बोधन गर्न र देशलाई गति दिन कम्युनिष्ट शक्तिहरू आफैं रूपान्तरित हुँदै अगाडि बढ्न अग्रसर हुनुपर्नेमा उहाँले विशेष जोड दिनुभयो ।


    शनिवार, आषाढ १३ २०८३११:४४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij