Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति आपत्तिजनक, संसदबाट हटाएर माफी माग्नुपर्छः वरिष्ठ अधिवक्ता त्रिपाठी

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति आपत्तिजनक, संसदबाट हटाएर माफी माग्नुपर्छः वरिष्ठ अधिवक्ता त्रिपाठी

  • सोमवार, जेठ २५ २०८३

  • 176
    SHARES

  • प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति आपत्तिजनक, संसदबाट हटाएर माफी माग्नुपर्छः वरिष्ठ अधिवक्ता त्रिपाठी

    काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन शाहले दिएको हालैको अभिव्यक्ति गम्भीर र आपत्तिजनक रहेको बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कको कायृक्रम नेपाली बहसमा पत्रकार खेम बमसँग करा गर्दै उहाँले नेपालले कहिल्यै कसैको जग्गा नमिचेको तथ्य राख्दै उहाँले नेपाल आफ्नो मिचिएको भूमि नछोड्ने र अरूको भूमिप्रति पनि लोभ नदेखाउने स्पष्ट राष्ट्रिय नीति र अडान भएको मुलुक भएको स्मरण गराउनुभयो ।
    प्रधानमन्त्रीको यस्तो गैरजिम्मेवार भनाइले सीमा मुद्दामा नेपालले लिँदै आएको ऐतिहासिक र बलियो अडानलाई कमजोर बनाएको त्रिपाठीको आरोप छ।वरिष्ठ अधिवक्ता त्रिपाठीले प्रधानमन्त्रीको उक्त भनाइ तत्काल संसद्को रेकर्डबाट हटाउनुपर्ने र उहाँले राष्ट्रसमक्ष माफी माग्नुपर्ने माग गर्नुभयो।

    नेपाल–भारत सीमा विवाद कायम रहेकै बेला आएको यो अभिव्यक्तिलाई भारतले भविष्यमा आफ्नो पक्षमा बलियो प्रमाणका रूपमा प्रयोग गर्न सक्ने आशंका उहाँले व्यक्त गर्नुभयो। प्रधानमन्त्रीको यस कदमलाई ’मूर्खता’ को संज्ञा दिँदै त्रिपाठीले राष्ट्र प्रमुखको अदूरदर्शी बोलीका कारण नेपाललाई घाटा लागेको र छिमेकी राष्ट्र भारतलाई फाइदा पुगेको दाबी गर्नुभयो ।


    सोमवार, जेठ २५ २०८३०९:२१:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij