काठमाडौँ । नेपालमा आज थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हाल देशभर १५ हजार ७ सय ७६ जना सक्रिय संक्रमित छन्।