काठमाडौं । नेपालमा आज २ हजार १११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार १११ जना डिस्चार्ज भएसंगै निको हुनेको कुल संख्या २ लाख २० हजार २७२ पुगेको छ ।
यस्तै आज थप १ हजार ३४३ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै हालसम्म संक्रमितको कुल संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ । हाल देशभर १५ हजार ७ सय ७६ जना सक्रिय संक्रमित छन् भने ५ सय ७६ जना क्वारेन्टिनमा छन् ।