काठमाडौं । काठमाडौंमा एक महिला आफ्नी एक महिनाकी छोरीसहित मृत फेला परेकी छन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका स्थायी घर भइ गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्दै आएकी २७ वर्षीया पेम्बी शेर्पा छोरीसहित मृत फेला परेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार पेम्बीका श्रीमान् दोर्जे शेर्पा भने अचेतवस्थामा फेला परेका छन् । उनी किराना पसले हुन् । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।
राति हिटर बालेर सुतेको हुँदा निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीको आशङ्का छ । तिनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ ।