Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मुलुकमा लगानीमैत्री वातावरणका लागी सुरक्षाको प्रत्याभुती आवश्यक, निजी क्षेत्रको प्रयत्नमा दलहरुको समर्थन, सरकारको प्रतिवद्धता भने आश्वासनमै सिमित (खासखबर)

मुलुकमा लगानीमैत्री वातावरणका लागी सुरक्षाको प्रत्याभुती आवश्यक, निजी क्षेत्रको प्रयत्नमा दलहरुको समर्थन, सरकारको प्रतिवद्धता भने आश्वासनमै सिमित (खासखबर)

  • शुक्रवार, पौष १८ २०८२

  • 685
    SHARES

  • मुलुकमा लगानीमैत्री वातावरणका लागी सुरक्षाको प्रत्याभुती आवश्यक, निजी क्षेत्रको प्रयत्नमा दलहरुको समर्थन, सरकारको प्रतिवद्धता भने आश्वासनमै सिमित (खासखबर)
    काठमाडौं। मुलुकमा वातावरण अभावले नयाँ लगानीप्रतिको आकर्षण अहिले ठप्प प्राय छ। जेनजी आन्दोलनको निशानामा परेको नीजि क्षेत्रले सरकारबाट सुरक्षाको प्रत्याभुति पाउन नसक्दा नयाँ लगानीको वातावरण निर्माण हुन सकेको छैन। 
     
    गत भदौ अन्तीम साता भएको जेनजी आन्दोलनले नीजि क्षेत्रका उद्योग व्यवसाय निशानामा पारेपछी आगजनी, तोडफोड र लुटपाटजस्ता विध्वंशले करिब ८५ अर्बको कुल क्षतिमध्ये नीजि क्षेत्रको मात्रै ३५ अर्व बढीको क्षति पुगेको छ। यसले उद्योगी व्यवसायीको मनोबल नराम्रोसँग खस्किएको छ।
     
    तथापी खरानी टकटकाएरै भएपनि उठ्ने अठोट लिएका व्यवसायीले आन्दोलनका क्रममा घुसपैठ मार्फत आपराधीक क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउन र लगानी सुरक्षाको प्रत्याभुती दिलाउन सरकारलाई आग्रह गर्दै आईरहेका छन्। 
     
    सरकारले सुरक्षा प्रत्याभुति नदिलाएसम्म स्वदेशी नयाँ लगानी पनि नहुने र बाह्य लगानी भित्रीने वातावरण पनि नबन्ने भन्दै उनिहरुले त्यसका लागि विभिन्न प्रयत्न पनि जारी राखिरहेका छन्।तरपनि जेनजी आन्दोलनकै बलमा बनेको ६ महिने अन्तरीम सरकारले ४ महिना  ब्यतित गरिसक्दा पनि अझैसम्म विध्वंसमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सकेको छैन। 
     
    यसले गर्दा नत त्रसित उद्योगी व्यवसायीको मनोबल उकासिन सकेको छ नत मुलुकको अर्थतन्त्र लयमा फर्किन सकेको छ। यसले गर्दा उद्योगी व्यवसायी निकै चिन्तीत बनेका छन्। मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न र जेनजी आन्दोलनको त्रास अन्त्य गर्न नीजि क्षेत्रका विभिन्न संघ संगठनहरुले सरकारलाई झकझकाउने प्रयत्न जारी राखेका छन्। 
     
    यसमा राजनैतिक दलहरुले पनि पछिल्लो समय समर्थन गरेका छन् भने कार्यान्वायन नगरेपनि सरकारले पनि प्रतिवद्धता जाहेर गर्न भने छाडेको छैन। यसैलाई मध्यनजर गरेर उद्योग वाणिज्य महासंघले उद्योगी व्यवसायीको मनोबल उकास्ने र मुलुकमा नयाँ लगानीको वातावरण बनाएर बाह्न लगानी भित्राउने प्रयत्नका लागी छलफल तथा संवाद गर्दै आएको छ। 
     
    हालै सम्पन्न ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवादमा पनि सरकार, राजनैतिक दल तथा सरोकारवाला सबै पक्ष समेटेर मुलुकको विकास र समृद्धिसँगै आर्थीक गतिविधी चलायमान बनाउने कार्यका लागी ध्यानाकर्षण गरेको छ। 
     
    निजी क्षेत्रको मनोबल अहिले इतिहासकै न्यून विन्दुमा रहेपनि सरकारले सुरक्षा प्रत्याभुति दिलाउन नसक्दा मुलुकको अर्थतन्त्र नै धरासयी हुने अवस्थामा पुगेकोले त्यसको उत्थानका लागि सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिँदै उद्योग वाणीज्य महासंघका बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सुरुमा जेनजी आन्दोलनको समयमा आपराधीक क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो। 
     
    हरेक पटकका आन्दोलनमा नीजि क्षेत्र नै निशानामा पर्ने र सरकारले पनि उचित सुरक्षाको प्रत्याभुती दिलाउन नसक्ने अवस्थाले विकास र समृद्धिमा मुलुकले ठुलो मुल्य चुकाउनुपरेको भन्दै श्रेष्ठले आगामी दिनमा दल, सरकार र सरोकारवालाहरुले नयाँ कार्यदिशा अवलम्बन गर्नुपर्ने बताउनुभयो।
     
    नीजि क्षेत्रको धारणा र प्रयत्नमा राजनैतिक दलहरुले पनि समर्थन जनाएका छन्। पूर्वअर्थमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका नेता डा. प्रकाशसरण महतले जेनजी आन्दोलनपछि सरकारले मुलुकमा लगानी सुरक्षाको प्रत्याभुती दिलाउन नसक्दा नेपाली पुँजी पलायन भइरहेको दाबी गर्नुभयो। 
     
    मुलुकमा बाह्य लगानी भित्रीने वातावरण बन्नुपर्नेमा नीजि क्षेत्रमा लगानीको मानसिकता नै समाप्त हुँदा देशको अर्थतन्त्र नै संकटमा पर्नेगरी नेपाली लगानी र पूँजी नै धमाधम बाहिरिने अवस्था आएको भन्दै उहाँले यसतर्फ सचेत रहनुपर्नेमा जोड दिनुभयो। 
     
    त्यस्तै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनमा नीजि क्षेत्रमाथीको आक्रमण आपक्तिजनक र दण्डनीय भएपनि सरकारले विध्वशंमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन नसक्नु चिन्ताको विषय भएको बताउनुभयो। 
     
    उक्त घटनाप्रति सरकार गम्भिर बन्नुपर्नेमा उल्टै उदार देखिएको भन्दै उहाँले आगजनी, लुटपाट र तोडफोडमा संलग्नहरुको पहिचान हुँदासमेत दण्डित नगरिनु उचित नहुने उहाँको जिकिर छ।
     
    मुलुकमा राजनीतिक अस्थिरता, आन्दोलनका कारण भएको क्षति र राज्यको संकीर्ण सोचसँगै निजी क्षेत्रको आत्मविश्वास घटेको भन्दै सबै पक्षले सहकार्य र व्यवहारिक सुधारमा जोड दिएका छन्। तर सरकारले भने निजीक्षेत्रमाथि हुने कुनै पनि प्रकारका आक्रमण वा क्षति भविष्यमा नदोहोरिने वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको दाबी गर्दै आएको छ। तर प्रतिवद्धता कार्यान्वायनको पाटो भने शुन्यप्राय छ। 
     
    अर्थमन्त्री रामेश्वर खनालले सरकार गठनलगत्तै निजीक्षेत्रको समस्या समाधान गर्न प्राथमिकताका साथ काम सुरु गरेको दाबी गर्दै उहाँले निजीक्षेत्र अर्थतन्त्रको इन्जिन नै भएकोले अहिले पनि सुरक्षित लगानीमैत्री वातावरण निर्माण गर्न सरकार तयार रहेको जिकिर गर्नुभयो। 
     
    पारदर्शी सत्ता सञ्चालन र सुशासनका लागी सुरु भएको आन्दोलन भड्किएपछी उत्पन्न विध्वंसात्मक परिस्थितिले मुलुकले ठुलो जनधनको क्षति भोगेको छ। उक्त परिस्थितिको निशानामा परेको नीजि क्षेत्रको मनोबल अहिले खस्किएर इतिहासकै न्युन बिन्दुमा छ। 
     
    तरपनि सरकारले मनोबल उकासिने गरी सुरक्षा प्रत्याभुतिसहित लगानीको वातावरण दिन सकेको छैन जसकारण मुलुकको अर्थतन्त्र थला परेको छ भने वातावरण अभावमै मुलुकबाट लगानीयोग्य पूँजी धमाधम बाहिरिने क्रम बढेको छ। तथापी नीजि क्षेत्र अझैपनि माथि उठ्ने प्रयत्नमै देखिन्छ। 
     
    जसकारण लगानीमैत्री वातावरण बनाउन र जेनजी आन्दोलनबाट उत्पन्न त्रास अन्त्य गर्न सर्वपक्षिय संवाद र परामर्श अगाडी बढाईरहेको छ। तर सरकार भने अझैपनि गम्भिर बन्न सकेको देखिँदैन।

     


    शुक्रवार, पौष १८ २०८२०८:१५:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij