Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कलश स्टक मार्केटको शेयर शिक्षा कार्यक्रम सम्पन्न

कलश स्टक मार्केटको शेयर शिक्षा कार्यक्रम सम्पन्न

  • आइतवार, पौष ६ २०८२

  • 364
    SHARES

  • कलश स्टक मार्केटको शेयर शिक्षा कार्यक्रम सम्पन्न

    काठमाडौ। कलश स्टक मार्केट शेयर लगानीकर्ताहरुका लागि प्राविधिक विश्लेषण सम्बन्धी शेयर शिक्षा कार्यक्रम सम्पन्न गरेको छ।

    काठमाडौ—१०, बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट प्रा.लि.(ब्रोकर नं ७४)ले शेयर बजारमा आवद्ध लगानीकर्ताहरुको लागि शनिबार निःशुल्क प्राविधिक विश्लेषण सम्बन्धी शेयर शिक्षा कार्यक्रम सम्पन्न गरेको हो ।

    कलश स्टक मार्केटले विगतदेखी नै समय–समयमा देशका विभिन्न स्थानहरुमा र अनलाईनबाट संसारभर रहेका लगानिकर्ताहरुलाई लक्षित गरी वित्तीय साक्षरता तथा शेयर शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

    यस्ता कार्यक्रमलाई आगामी दिनमा तथा निकट भविष्यमा समेत गर्ने निरन्तरता दिने लक्ष्य राखेको प्रवन्ध सञ्चालक श्री शालिकराम अधिकारीले बताउनु भयो ।

    काठमाडौको बुद्धनगरमा रहेको क्वालिटि ब्याङ्केटमा सञ्चालन भएको उक्त तालिममा श्रोत ब्यक्ति शेयर बजार विश्लेषक श्री अजित खनालले सहभागीहरुलाई शेयर बजारको प्राविधिक विषयहरुको बारेमा प्रकाश पार्नुभयो । कार्यक्रममा उल्लेख लगानिकर्ताहरुको सहभागिता रहेको थियो ।

    2.jpg


    आइतवार, पौष ६ २०८२०२:४९:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij