Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काम नगर्ने मन्त्रीलाई फिर्ता बोलाउने अधिकार प्रधानमन्त्रीसँग छः राजेन्द्र गौतम

काम नगर्ने मन्त्रीलाई फिर्ता बोलाउने अधिकार प्रधानमन्त्रीसँग छः राजेन्द्र गौतम

  • शुक्रवार, श्रावण ३० २०८२

  • 1.4K
    SHARES

  • काम नगर्ने मन्त्रीलाई फिर्ता बोलाउने अधिकार प्रधानमन्त्रीसँग छः राजेन्द्र गौतम

    काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मन्त्रीमण्डल फेरबदल गर्ने प्रधनमन्त्रीको अधिकार भएको बताउनुभएको छ ।

    मन्त्रीहरुले तोकिएको कार्य सफलतापूर्वक गरेनन् भने फिर्ता बोलाएर सम्भावना बोकेका नयाँ अनुहारलाई ल्याउन आवश्यक रहेको उहाँको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गौतमले सरकारको गठनको एक वर्षको अवधिमा केहि बाहेकका मन्त्रीहरुले चित्तबुझ्दो र देखिने काम गर्न नसकिरहेको अवस्था रहेकाले अब प्रधानमन्त्रीले मन्त्रीफेरबदल गर्नुपर्ने समय आएको स्पष्ट पार्नुभयो ।

    मन्त्रीहरु अब जनतामैत्री बनेर काम गर्नुपर्ने भएकाले अहिलेको वर्तमान सरकारबाट कसैलाई पनि निराश हुनुपर्ने स्थिती सिर्जना नहोस भन्ने कुरालाई ध्यानमा राखेर अगाडि बढ्नुपर्नेमा उहाँको सुझाव रहेको छ । यस्तै अर्को प्रसंगमा उहाँले गठबन्धनमा कुनै पनि मतभेद नभएको बताउनुभएको छ ।

    कांग्रेस र एमाले समिकरणको सरकारले देश र जनताको हितबाहेक अरु काम नगर्ने र गर्न पनि नदिने स्पष्ट पार्दै नेता गौतमले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्मै रहने दाबी गर्नुभयो ।

    यस्तै उहाँले सरकारले राम्रो काम गरिरहेको र जनताको विश्वास जितेको देखेर प्रतिपक्ष अत्तालिएको आरोपसमेत लगाउनुभयो ।


    शुक्रवार, श्रावण ३० २०८२०९:३६:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij