Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशमा व्यापक भ्रष्टाचार र बेथिती बढिरहेको भीम रावलको आरोप

देशमा व्यापक भ्रष्टाचार र बेथिती बढिरहेको भीम रावलको आरोप

  • बिहिवार, श्रावण २२ २०८२

  • 725
    SHARES

  • देशमा व्यापक भ्रष्टाचार र बेथिती बढिरहेको भीम रावलको आरोप

    काठमाडौं । पूर्वगृहमन्त्री भीम रावलले देशमा व्यापक भ्रष्टाचार र बेथिती बढिरहेको आरोप लगाउनुभएको छ । वर्तमान सरकार आएदेखि देशको अवस्था झन् बढि शिथिल बन्दै गइरहेको उहाँको टिप्पणी रहेको छ ।

    कांग्रेस र एमालेको समिकरणमा बनेको सरकार गठनको एक वर्ष बितिसक्दा पनि देखिनेखाले एउटा पनि काम नभएको नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले स्पष्ट पार्नुभयो ।

    आफू अब यी भ्रष्ट र अनियमिततालाई निस्तेज गर्न आवाज उठाउँदै हिडेको बताउँदै उहाँले एउटाको पहलले मात्रै संभव नहुने भएकाले देशभक्ती र देशको लागि केहि गर्ने सोच भएकाहरु एक हुनुपर्नेमा जोड दिनुभयो ।

    राज्य राज्य जस्तो हुनुपर्नेमा ठिक उल्टो भइरहेको तर्क गर्दै उहाँले देशको पिर चिन्ता केहि नभएका प्रधानमन्त्री केपी शर्मा ओली विदेश सयरमा मस्त रहेको टिप्पणी गर्नुभयो ।

    सत्तामा बस्नेहरुले आफ्नो स्वार्थको लागि गरिरहेको मनपरिलाई कसरी रोक्ने भन्नेमा देशभक्ती नेपालीहरुलेसोच्ने समय आएको नेता रावलको भनाइ छ । इच्छाशक्ती र इमानदारिता नभएका नेताहरुकै कारण देश र जनताको अवस्था सधै कमजोर देखिएको पनि उहाँले बताउनुभयो ।


    बिहिवार, श्रावण २२ २०८२१२:२६:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij