Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड र जनार्दनबीच कुनै पनि विवाद र दरार आएको छैनः चक्रपाणी खनाल

प्रचण्ड र जनार्दनबीच कुनै पनि विवाद र दरार आएको छैनः चक्रपाणी खनाल

  • बिहिवार, श्रावण १५ २०८२

  • 714
    SHARES

  • प्रचण्ड र जनार्दनबीच कुनै पनि विवाद र दरार आएको छैनः चक्रपाणी खनाल

    काठमाडौं । माओवादी केन्द्रका नेता चक्रपाणी खनालले पार्टीमा कुनै पनि विवाद र दरार नआएको बताउनुभएको छ ।

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच पछिल्लो समय सार्वजनिक मन्चमै आरोपप्रत्यारोप चलिरहेको छ । जस्ले गर्दा माओवादी केन्द्रमा अहिले विवाद देखिएको भन्ने राजनीतिक वृतमा चर्चा चल्न थालेको छ ।

    यहि प्रसंगमा नेपाली रेडियो नेटवर्कको नेपालीबहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका नेता खनालले बाहिर आएजस्तो विवाद र मतभेद नभएको स्पष्ट पार्नुभयो ।

    अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबीचको टकरावका विषयमा स्थायी समिति बैठकमा छलफल हुने बताउँदै उहाँले जे जति अफ्ठ्यारा परिस्थिती देखिएका छन् ती सबै पार्टीभित्रै समाधान हुने दाबी गर्नुभयो ।

    माओवादी केन्द्रको स्थायी समितिको बैठक यहि १६ गते बस्ने बस्ने गरि बोलाइएको पनि नेता खनालले बताउनुभयो । यस्तै नेता खनालले देशको ठुलो र जिम्मेवार पार्टी माओवादी नै भएको दाबी गर्नुभएको छ । सरकार बाहिर भए पनि माओवादीले नै जनताको पिडा र दुखलाई बुझेर काम गरिरहेको र सरकालाई खबरदाबी गर्ने काममा लागेको नेता खनालको भनाइ छ ।

    वर्तमान सरकार आएदेखि देशमा भ्रष्टाचार र बेथिती बढेको उहाँको आरोप छ । गठनको एक वर्षमै असफल सावित भएको सरकार लामो समय नटिक्ने समेत उहाँको ठोकुवा छ ।


    बिहिवार, श्रावण १५ २०८२१०:३०:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij