Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मोदीलाई ओलीको सन्देश : सीमा विवाद वार्ताबाटै समाधान गरौं

मोदीलाई ओलीको सन्देश : सीमा विवाद वार्ताबाटै समाधान गरौं

  • शुक्रवार, मंसिर १२ २०७७

  • 1.1K
    SHARES

  • मोदीलाई ओलीको सन्देश : सीमा विवाद वार्ताबाटै समाधान गरौं

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सीमा विवाद समस्याको समाधान वार्ताको माध्यमबाटै गर्नुपर्ने सन्देश पठाउनुभएको छ । भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगलामार्फत प्रधानमन्त्री ओलीले यस्तो सन्देश पठाउनुभएको हो ।

    बालुवाटारमा विहीबार साँझ भएको भेटमा ओलीले दुईदिने नेपालमा भ्रमणमा रहेका भारतीय विदेशसचिव श्रींगलालाई ओलीले सीमा विवादलगायत नेपाल–भारतबीच देखिएका समस्या वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने सन्देश पठाएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभयो ।

    भेटमा विदेशसचिव श्रृंगलाले पनि दुई देशको सम्बन्धलाई अगाडि बढाउन भारत सकारात्मक रहेको र समस्याहरुलाई वार्ताका माध्यमबाट सामाधान गर्न चाहेको भारतीय प्रधानमन्त्री मोदीको सन्देश ओलीलाई सुनाएका थिए । जवाफमा प्रधानमन्त्री ओलीले आफूहरुले पनि वार्ताकै माध्यमबाट समस्याहरु समाधान गर्न चाहेको बताएको स्रोतले जनाएको छ ।

     


    शुक्रवार, मंसिर १२ २०७७०१:३४:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij