काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले सदनमा अवरोध भइरहोस् भन्ने चाहेको बताउनु भएको छ । आज अखिल नेपाल ट्रेड युनियन महासंघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले आफूहरूले सरकारको त्यही कुरा बुझेर सदन खुलाएको बताउनु भएको हो ।
तर, सम्भावित संकट बुझेर सदन सुचारू हुने वातावरण बनाए पनि माओवादीकै नेता कार्यकर्ताले आफूलाई दुःख दिएको पनि उहाँको गुनासो रहेको छ । दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले सदनकव अवरोधलाई देखाएर अध्यादेशमार्फत् बजेट र आफूअनुकूल कानुन ल्याउन चाहेको संकेत पाएपछि आफूहरुले सदनमा सहज वातावरण बनाएको तर्क गर्नुभयो ।
सरकारको नेतृत्वले अहिले पनि सदन नचलोस् भन्ने चाहेको बताउँदै प्रचण्डले अहिले सत्तारुढ दलको बीचमा पनि दूरी बढ्दो अवस्थामा रहेको बताउनुभयो । आफूहरुले अहिलेको राजनीतिक परिस्थितिलाई गहिरोगरी अध्ययन गरिरहेको र त्यही परिस्थितिमा काम गरिरहेको प्रचण्डको भनाई छ ।