Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सिद्धान्त र प्राथमिकताका आधारमा बजेट निर्माण गरिने अर्थमन्त्रीको टिप्पणी

सिद्धान्त र प्राथमिकताका आधारमा बजेट निर्माण गरिने अर्थमन्त्रीको टिप्पणी

  • बुधवार, बैशाख ३१ २०८२

  • 535
    SHARES

  • सिद्धान्त र प्राथमिकताका आधारमा बजेट निर्माण गरिने अर्थमन्त्रीको टिप्पणी

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमै आगामी आवको बजेट निर्माण गरिने बताउनुभएको छ ।

    राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८२ र ८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफलमा उठेको प्रश्नको आज जवाफ दिँदै उहाँले बजेट कार्यान्वयनमा देखिएको बाधा हटाएर सरकार अघि बढ्ने स्पष्ट पार्नुभयो ।

    ‘व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण र कार्यान्वयनको सुनिश्चितता गरिनेछ, बजेट कार्यान्वयनबाट मुलुक र आम नागरिकले प्रतिफल प्राप्त गर्छन्’, अर्थमन्त्री पौडेलले भन्नुभयो ।

    अर्थमन्त्री पौडेलले विकासको ढाँचा, गति र सांस्कृतिक परिवर्तन गर्नुपर्ने कुरालाई सिद्धान्त र प्राथमिकताले जोड दिएको बताउँदै अहिलेको विकासको ढाँचा, गति र संस्कृतिले कही नपु¥याउँने भएकाले त्यसमा परिवर्तन आवश्यक भएको अनुभूतिका आधारमा सिद्धान्त र प्राथमिकता प्रस्तुत भएको बताउनुभयो । नीति तथा कार्यक्रमसँग सिद्धान्त र प्राथमिकताको मेल खाएको र नीति कार्यक्रमलाई अनुसरण गर्दै सिद्धान्त र प्राथमिकता आएको उहाँको भनाइ छ ।

    यसैवीच नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक एवम् सांसद हितराज पाण्डेले अर्थमन्त्री विष्णुप्रसाद पौडेल छलफलमा उपस्थित नभएको भन्दै आपत्ति जनाउनु भएको छ । आज प्रतिनिधिसभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (प्री बजेट) माथिको छलफलमा बोल्दै उनले अर्थमन्त्रीको उपस्थिति नभएकोप्रति विरोध जनाउनु भएको हो ।

    प्रतिनिधिसभा नियमावली २०७९ को ६ को ५ मा बैठकमा मन्त्रीको अनिवार्य उपस्थिति हुनुपर्ने उल्लेख छ । कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदा सम्बन्धित मन्त्रीसमेत उपस्थित हुनुपर्ने हुन्छ । तर आजको छलफलमा अर्थमन्त्री नै उपस्थित नभएपछि उहाँले आपत्ति जनाउनु भएको हो ।

    छलफलमा माननीय उपप्रधान तथा अर्थमन्त्री उपस्थित भएर सदनमा भएका विषय वस्तुलाई सरकारले सुनेर मनन गरेर संसद्का आवाजहरूलाई लैजानुपर्ने थियो । त्यसकारणले मन्त्रीज्यूलाई सदनमा उपस्थित गराएर यो सदनलाई अगाडि बढाउनका लागि नियमापत्ति प्रस्तुत गरिरहेको छु ।’ उहाँले भन्नुभयो ।

    यस्तै सांसद दीपकबहादुर सिंहले अर्थमन्त्री संसद्मा हुनु र नहुनुले केही फरक नपर्ने बताउनु भएको छ । आज विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (प्रि बजेट) माथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । अर्थमन्त्री संसद्मा हुनु र नहुनुमा केही फरक नपर्ने बताउनु भएको हो ।


    बुधवार, बैशाख ३१ २०८२०५:३६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij