Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

शिक्षा विधेयक चालु अधिवेशनबाटै परित गर्ने घोषणा

शिक्षा विधेयक चालु अधिवेशनबाटै परित गर्ने घोषणा

  • शुक्रवार, बैशाख १९ २०८२

  • 673
    SHARES

  • शिक्षा विधेयक चालु अधिवेशनबाटै परित गर्ने घोषणा

    काठमाडौं । सरकारले विद्यालय शिक्षा विधेयक संसद्को चालु अधिवेशनबाटै परित गर्ने घोषणा गरेको छ । शुक्रबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यही अधिवेशनबाट शिक्षा ऐन पारित गर्ने जानकारी दिनुभएको हो ।

    सरकारले नीति तथा कार्यक्रममा शिक्षा सुधारको कानुनी र नीतिगत व्यवस्था गर्नेसमेत नीति ल्याएको छ । सरकारले नेपाल शिक्षक महासंघसँग शिक्षा विधेयक आगामी असार १५ गतेभित्र पारित गर्ने सहमतिसमेत गरिसकेको छ ।

    शिक्षक महासंघको नेतृत्वमा गत चैत २० गतेदेखि शिक्षकहरू काठमाडौंमा आन्दोलित थिए । उनीहरूसँग आन्दोलनको २९ औँ दिनमा सरकारले सहमति गरिसकेको छ ।


    शुक्रवार, बैशाख १९ २०८२०४:०९:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij