काठमाडौं ।पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले वर्तमान सरकार पूर्ण रुपमा असफल सावित भएको बताउनुभएको छ ।
शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा, शिक्षकहरुको विगत २१ औँ दिनदेखिको जारी आन्दोलन, कक्षा १२ को परिक्षाको अन्यौलता, नयाँ भर्ना अभियान र एसइईको उत्तरपुस्तिका परिक्षण अनिश्चितता यस्तो अवस्था आउदा पनि केहि गर्न नसक्नु भनेको सरकारको असफलता भएको एमालेबाट निस्काषित नेता समेत रहनुभएका रावलको भनाइ छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको असयोग कै कारण शिक्षा मन्त्री भट्टराईको राजीनामा आएको स्पष्ट पार्नुभयो ।
शिक्षाजस्तो क्षेत्रलाई लिएर भइरहेको आन्दोलनमा व्यङग्यात्मक अभिव्यक्ति आउनु, लाखौ विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नु, राष्ट्रलाई दिर्घकालिन असर गर्ने विषयमा शिक्षकहरुलाई वार्तामा ल्याएर परिक्षा र उत्तरपुस्तिका परिक्षण्मा सहमति बनाएर पठाउन नसक्ने प्रधानमन्त्री ओली अयोग्य र गैरजिम्मेवार भएको टिप्पणी गर्नुभयो ।
वर्तमान सरकारको कुनै पनि औचित्य नभएको पनि उहाँको भनाइ छ ।
यस्तै नेता रावलले शिक्षकहरुले आन्दोलनलाई जारी राखेर परिक्षा लिने सम्बन्धमा कुनै उपाय निकालेर केहि जनशक्तीलाई खटाएर देशको भविष्यलाई बचाउन तर्फ लाग्न आग्रह गर्नुभयो ।