काठमाडौं। नेपाल शिक्षक महासंघले आजदेखी आन्दोलनको समय परिवर्तन गरेर सडकमा उत्रिएको छ । यसअघि मध्याह्न १२ देखि दिउँसो ३ बजेसम्म आन्दोलन गर्दै आएकोमा आजबाट बिहान ९ देखि मध्याह्न १२ बजेसम्म आन्दोलन हुने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवजेदीले जानकारी दिनुभयो।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्दै अध्यक्ष सुवेदीले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन आदोलनलाई थप शसक्त बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरिएको बताउनुभयो ।
उहाँले संस्थागत विद्यालयहरू समेत बन्द गरी साथ दिन सम्बन्धित सबै पक्षसँग आह्वान गरी शिक्षक र विद्यालय कर्मचारीलाई आन्दोलनमा उपस्थीत हुन अनिवार्य गरिएको बताउनुभयो। उहाँले कक्षा १२ को परीक्षामा संलग्न नहुन प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई अनुरोध गरिएको जमनकारी दिनुभयो ।
यसअघी हिजो साँझ बसेको बैठकपछी महासंघले जारी गरेको सुचनामा विगतका सबै सहमति सम्बोधन गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न राज्यलाई बाध्य पार्न आन्दोलन जारी रहेको प्रष्ट पारेको छ। आजदेखि बिहानको कार्यालय समयमा हुने आन्दोलनले काठमाडौंको सवारी थप अस्तव्यस्त हुने भएको छ ।