Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मिश्रितले ल्याए दुई छन्द कविता संग्रह - ‘स्वर्णीम सपना’ र ‘मिश्रित तरङ्ग’

मिश्रितले ल्याए दुई छन्द कविता संग्रह - ‘स्वर्णीम सपना’ र ‘मिश्रित तरङ्ग’

  • शुक्रवार, चैत्र २९ २०८१

  • 1.4K
    SHARES

  • मिश्रितले ल्याए दुई छन्द कविता संग्रह  - ‘स्वर्णीम सपना’ र ‘मिश्रित तरङ्ग’

    काठमाडौं । छन्दकवि काशीनाथ मिश्रितका दुई छन्द कविता संग्रहको एकैसाथ लोकार्पण गरिएको छ ।

    काठमाडौंमा एक कार्यक्रमका बीच पूर्व मन्त्री एवं राजदूत निलाम्बर आचार्यले मिश्रितका ‘स्वर्णीम सपना’ र ‘मिश्रित तरङ्ग’ कविता संग्रहको लोकार्पण गर्नुभएको हो ।

    कविता संग्रहको लोकार्पण पछि आचार्यले काशीनाथको लेखनीबाट आफू प्रभावित भएको बताउनुभयो। ६ वर्ष अघि मिश्रितकै व्यङ्ग्य निबन्ध संग्रह ‘बोकाको मन’ विमोचन समारोहमा उपस्थित भई उहाँका बारेमा सुनेको र पढेको स्मरण आचार्यले गर्नुभयो ।

    शारीरिक रुपले प्रज्ञाचक्षु वा दृष्टि विहिन हुनु र दुर्गम गाउँमै बसोबास भएरै पनि नेपाली साहित्यमा निरन्तरको लेखन मार्फत योगदान दिनु सामान्य विषय नभएको उहाँले बताउनुभयो ।

    कार्यक्रममा डा. रमेश शुभेक्षुकले लोकार्पित दुई कृति माथि समीक्षा गर्नुभएको थियो । मिश्रितका कवितामा आफूले केही निराशा, केही असन्तोष, केही आवेगसँगै सुनौलो बिहानीको आशा पनि भेटेको उहाँले बताउनुभयो ।

    कार्यक्रममा मिश्रितका सहपाठी एवं शुभचिन्तकहरुले शुभकामना व्यक्त गर्दै पुस्तक भित्रका केही कविताहरु बाचन गरेर सुनाउनु भएको थियो । ‘स्वर्णीम सपना’ कविता संग्रहमा ३७ र ‘मिश्रित तरङ्ग’मा ३३ कविता संग्रहित छन् ।

    कार्यक्रममा बोल्दै कवि मिश्रितलेः भाषण गर्न जानेको भए आफू नेता नै हुने भन्दै सो नजानेकाले आफ्नो विचार कविता तथा निबन्धजस्ता साहित्यबाट प्रकट गर्ने गरेको बताउनुभयो ।

    पुस्तक भुणिपुराण प्रकाशनले प्रकाशन गरेको हो । कवि मिश्रित जनकल्याण माध्यमिक विद्यालय, कालिगण्डकी – ५, फोक्सिङ्ग गुल्मिका नेपाली विषयका शिक्षक हुनुहुन्छ । मिश्रितका यस अघि ‘बोकाको मन’ व्यङ्ग्य निबन्ध संग्रह, दुर्भाग्य महाकाव्य, रक्सि खण्डकाव्य प्रकाशित भैसकेका छन् ।

    1544b18c-0420-4d81-b887-0ac2f0964b1e.jpg


    शुक्रवार, चैत्र २९ २०८१०२:०१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij