Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

किन बढिरहेछ मंसिरमै अत्याधिक चिसो ? यस्तो छ विज्ञको धारणा

किन बढिरहेछ मंसिरमै अत्याधिक चिसो ? यस्तो छ विज्ञको धारणा

  • मंगलवार, मंसिर ९ २०७७

  • 1.5K
    SHARES

  • किन बढिरहेछ मंसिरमै अत्याधिक चिसो ? यस्तो छ विज्ञको धारणा

    काठमाडौं । सामान्यतया, पुसमा मात्र चिसो बढ्नुपर्ने हो, तर यो मंसिरको सुरुवातीमै चिसो अत्याधिक बढेको छ ।

    दशैंलगत्तै तापक्रम घटेका कारण उपत्यकासहित देशभर नै चिसोको प्रभाव बढेकोे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपालमा अघिल्लो वर्षदेखि नै चिसो बढेको हो ।

    ‘हालै मापन गर्दा काठमाडौं उपत्यकासहित देशभर अघिल्लो मंसिरमै चिसो बढेको पाइएको छ । तर, यो वर्ष मात्रै बढेको होइन । अघिल्लो वर्षमा त झनै कात्तिकमै चिसो बढेको थियो’, महाशाखाकी मौसमविद् मञ्जु बासी नेपाली नेटवर्कसँग कुरा गर्दै भन्नुभयो ।

    वायुमण्डलको प्रभावका कारण चिसो ह््वात्तै बढेको मौसम्विद् बासीको भनाइ छ ।

    उहाँका अनुुसार मंसिरसम्मको अवस्था हेदा गत वर्षको तुलनामा यस वर्ष तापक्रममा खासै परिवर्तन आएको छैन ।

    ‘हामीलाई गएका वर्षको तुलनामा यो वर्ष बढी जाडो भएको भ्रम भएको होला, तर यर्थातमा त्यस्तो होइन’, उहाँले भन्नुभयो, ‘गत वर्ष पनि मंसिर महिनामा उपत्यकाको न्यूनतम तापक्रम ५ देखि ६ डिग्री सेल्सियस थियो । यसपटक पनि ६ देखि ७ डिग्री सेल्सियस रहेको छ । यसलाई खासै बढेको भन्न मिल्दैन ।’

    नेपालबाट मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव बढेको र न्यूनतम तापक्रम घट्ने क्रम रहेकाले जाडो बढेको मौसमविद् बासीले स्पष्ट पार्नुभयो ।

    ‘सिजनल इफेक्टले न्यूनतम तापक्रममा तल–माथि भइरहेको हो’, उहाँले भन्नुभयो, ‘तापक्रम घटेपछि उपत्यकामा बढी चिसोको महसुस गरिएको छ, दिउँसो घाम लागे पनि बिहान र बेलुकी बढी चिसो बढेको छ ।’

     


    मंगलवार, मंसिर ९ २०७७०६:०४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij