Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बैतडीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

बैतडीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

  • मंगलवार, मंसिर ९ २०७७

  • 1.2K
    SHARES

  • बैतडीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

    काठमाडौं । बैतडीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । अन्य चारजना घाइते भएका छन् ।

    बैतडीको झुलाघाटबाट सदमुकाम गोठालापानी जाँदै गरेको ना १ ज २१९६ को जिप दुर्घटना हुँदा त्यहाँ सवार पाँच जनाको मृत्यु भएको हो ।

    बैतडी प्रहरीका अनुसार उनीहरु पाँचै जनाको घटनास्थलमै मृत्यु भएको हो भने घाइते चार जनालाई उद्धारगरी उपचारका लागि अस्पताल पठाइएको छ ।

    मृत्यु हुनेमा दशरथचन्द नगरपालिका –७ का पार्वती चन्द तथा अर्की यात्रु पार्वती चन्द, भगीरथ पाण्डे, कृष्ण लावड र कलावती चन्द रहेका छन् ।

    दुर्घटनाको कारण यकिन हुन सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     


    मंगलवार, मंसिर ९ २०७७०४:४९:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij