Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राजतन्त्र देशको विकल्प हुनै सक्दैँन: प्रभु शाह

राजतन्त्र देशको विकल्प हुनै सक्दैँन: प्रभु शाह

  • आइतवार, चैत्र १० २०८१

  • 559
    SHARES

  • राजतन्त्र देशको विकल्प हुनै सक्दैँन: प्रभु शाह

    काठमाडौं । आम जनता पार्टी आजपाका अध्यक्ष प्रभु शाहले राजतन्त्र देशको विकल्प हुनै नसक्ने बताउनुभएको छ । दलको व्यवहारबाट जनता निराश र आक्रान्त बनेर यस्तो विचार केहिमा देखिए पनि देशमा अब राजतन्त्र विकल्प हुने कुरा मान्न नसकिने र संभव पनि नहुने उहाँले स्पष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका शाहले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताले दलहरु आत्तिरहेको टिप्पणी गर्दै दलहरु ठिक छन् जनताकै काम गरिरहेका छन् भने यसरी आत्तिनुपर्ने कारण नै नभएको बताउनुभयो ।

    पछिल्लो समय दलका नेताहरु आत्तिएको देख्दा कुकर्ममा लागिरहेका छन् र जनताको विश्वास जित्न सकिरहेका छैनन् भन्ने कुरा प्रष्ट हुने पनि उहाँको भनाइ छ ।

    गत फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा सन्देश जारी गर्दै पूर्वराजा शाहले देश जोगाउन आफूलाई सहयोग गर्न आह्वान गरेसँगै राजावादीहरु सक्रिय बनेका छन् ।

    गत फागुन २५ गते पूर्वराजा शाह पोखराबाट काठमाडौं आउने क्रममा ठूलो भीडले स्वागत गरेको थियो । भीड देखेर हौसिएका पूर्वराजा पनि विभिन्न कार्यक्रम बनाएर देश दौडाहामा निस्कन थाल्नुभएको छ ।

    यस्तै नेता शाहले देशमा सरकार भएको अनुभुनि हुने कुनै पनि कामहरु नभएको आरोप लगाउँदै लुट्न, ठग्नको लागि मात्रै सरकार भएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर अन्तरिम सरकार गठनका लागि मार्ग प्रशस्त गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

    प्रधानमन्त्रीसहित बहुमत मन्त्रीहरु कार्यसम्पादन मुल्यांकनमा फेल भएको र सरकार जनस्तरबाट अस्वीकृत एवं असफल भएकोले नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उहाँको माग रहेको छ ।

    वर्तमान सरकारको कारण आर्थिक सूचकांकहरु नकारात्मक बनेको, वैदेशिक कुटनीतिक सम्बन्धहरु अवरुद्ध भएको, कार्यसम्पादन मुल्यांकनमा प्रधानमन्त्री तथा बहुमत मन्त्रीहरू फेल भएको, ओली नेतृत्वको सरकार आफै जनस्तरबाट अस्वीकृत भएको निष्कर्ष निकाल्दै नेता शाहले अन्तरिम सरकार गठनको माग गर्नुभएको हो ।
    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची


    आइतवार, चैत्र १० २०८१११:४०:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij