काठमाडौं । पूर्वमन्त्री हृदयश त्रीपाठीले देशको ठुलो समस्या भनेकै संस्थागत भ्रष्टाचार भएको बताउनुभएको छ । राणातन्त्र, राजतन्त्रमा भएको संस्थागत भ्रष्टाचार अहिले गणतन्त्रमा पनि अगाडि बढिरहेको नेता त्रीपाठीको आरोप छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता त्रीपाठीले राजनीतिक दलप्रति जनतामा छाएको निराशा र वितृष्णा अलिकति पनि कम नहुनु निकै दुखद भएको टिप्पणी गर्नुभएको छ ।
दुई तिहाइको शक्तीशाली भनिएको वर्तमान सरकारले यो सबै हटाएर जनतामा आसा जगाउनुपर्नेमा त्यसो हुन नसकेको उहाँको भनाइ छ । भ्रष्टाचार र कुशासनको अन्त्यबिना देश र जनताको विकाश नहुनेसमेत नेता त्रीपाठीको दाबी छ ।
भ्रष्टाचारका ठुलाठुला काण्डमा उच्च पदस्थहरु नै मुछिने उनिहरुलाई बचाउनमै दल र मन्त्रीहरु लागिपर्ने यो पूरानो प्रवृतीले जरो गाडिसकेको उल्लेख गर्दै उहाँले यो जरो नउखेलिएसम्म देशको अवस्था यस्तै अविकसित रहिरहने बताउनुभयो ।
एकले अर्कालाई बचाउने र फसाउने फोहोरी राजनीतिक खेललाई अब सिध्याउने समय आएकोसमेत उहाँको तर्क छ ।
यस्तै वर्तमान सरकारले यदि केहि काम गर्ने नै हो भने सबैभन्दा पहिला जनतामा आसा र विश्वास जगाउनुपर्ने सुझाव दिनुभयो ।