Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

जनताले अनुभुति गर्नेगरि काम गर्न र नतिजा दिन सरकार प्रतिवद्ध छ: युवराज ज्ञवाली

जनताले अनुभुति गर्नेगरि काम गर्न र नतिजा दिन सरकार प्रतिवद्ध छ: युवराज ज्ञवाली

  • बुधवार, चैत्र ६ २०८१

  • 700
    SHARES

  • जनताले अनुभुति गर्नेगरि काम गर्न र नतिजा दिन सरकार प्रतिवद्ध छ: युवराज ज्ञवाली

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले वर्तमान सरकारले गर्ने काममा केहि कमिकमजोरी भएको बताउनुभएको छ ।

    जनतामा व्यापक निराशा बढिरहेको र कामहरु जुन गतिमा हुनुपर्ने हो त्यसरी भइरहेको अवस्था नरहेकाले अब सरकार यसतर्फ केन्द्रित भएर लाग्नैपर्ने बेला आएको नेता ज्ञवालीको भनाइ रहेको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगकुरा गर्दै नेता ज्ञवालीले जनताका तत्कालका समस्याहरुको सम्बोधन गर्ने गरि सरकार तदारुकतासाथ अगाडि बढ्नुपर्ने सझाव दिनुभयो ।

    वर्तमान सरकार गठनपछि केहि हुँदै नभएको भन्ने कुरा गलत भएको दाबी गर्दै उहाँले प्रतिपक्षले जसरी सरकारविरुद्ध भ्रम फैलाइरहेका छन् यो सबै सरकारदेखि बाहिरिनुपर्दाकोे छट्पटीबाहेक अरु नभएको बताउनुभयो ।

    यस्तै, सरकार असफल भयो, अलोकतान्त्रिक भयो भनेर भन्दै हिड्नु पनि प्रतिपक्षको पिडा र जनता भड्काउने खेल भएको नेता ज्ञवालीको आरोप रहेको छ ।

    विभिन्न समस्या र अवरोधकाबीच पनि आफूले गर्नुपर्ने काम र प्रतिवद्धता बिर्सन सरकारलाई छुट नभएको समेत उहाँको सुझाव रहेको छ ।

    कांग्रेस र एमालेको समिकरणमा बनेको शक्तीशाली सरकारबाट जनताले धेरै आसा र बिश्वास गरेकाले सरकारलाई काम नगरेर समय खेर फाल्न छुट नभएको बताउँदै उहाँले जनताले अनुभुति गर्नेगरि काम गर्न र नतिजा दिन सरकार प्रतिवद्ध रहेकोसमेत स्पष्ट पार्नुभयो ।


    बुधवार, चैत्र ६ २०८१०९:३६:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij