काठमाडौं। नेकपा एमालेले आम जनतामा सरकारप्रति आशा जाग्दै गएको बताएको छ। एमाले नेता एवं बाग्मती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले कठिन परिस्थीतिमा बनेको वर्तमान सरकारले पछिल्लो आठ महिनामा चालेका सकारात्मक कदम र ल्याइएका सुशासनसम्बन्धी विधेयक जस्ता महत्वपूर्ण विधेयकहरुले सरकारप्रति थप आशा जाग्दै गएको दाबी गर्नुभएको हो ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँगको कुराकानीका क्रममा नेता भट्टराईले केही परिवर्तनविरोधीहरुले सरकारको विरोध गरेपनि आम सर्वसाधरणहरुमा त्यस्तो नरहेको दाबी गर्नुभयो ।
यस्तै उहाँले पछिल्लो समय बढेको राजावादीको सक्रियताप्रति त्रसित हुनुपर्ने अवस्था नरहेको तर्क गर्नुभयो । यो नयाँ विषय नभएको बताउँदै उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहले फेरी जनतालाई केही समय दुख दिन खोजेएकाले अब उठ्नै नसक्ने गरी आँफै थचारिने र जनताले पनि पाखा लगाउने टिप्पणी गर्नुभयो ।