Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

गोप्य भेटमा ओलीले दिए देउवालाई सरकारमा आउन निम्तो

गोप्य भेटमा ओलीले दिए देउवालाई सरकारमा आउन निम्तो

  • आइतवार, मंसिर ७ २०७७

  • 1.3K
    SHARES

  • गोप्य भेटमा ओलीले दिए देउवालाई सरकारमा आउन निम्तो

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चरम विवादमा फसिरहेका वेला प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री ओली र काग्रेस सभपाति देउवाबीच शनिबार नै प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भए पनि आज मात्र यो बाहिरिएको हो । उनीहरुबीच शनिवार करिब ३ घण्टा भेटवार्ता भएको थियो ।

    देउवानिकट स्रोतका अनुसार उक्त भेटमा प्रधानमन्त्री ओलीले देउवालाई सरकारमा आउन आग्रह गरेको र सत्ता साझेदारीका लागि के गर्नुपर्छ आफ्नोतर्फबाट तयार रहेको बताउनुभएको थियो ।

    भेटमा नेकपाका तर्फबाट सुवासचन्द्र नेम्वाङ र कांग्रेसबाट रमेश लेखक पनि सहभागी रहेको बताइएको छ ।

    प्रधानमन्त्री ओलीले देउवालाई रिक्त रहेका संवैधानिक निकाय र विश्वविद्यालयका उपकुलपति नियुक्तिको विषयमा छलफल गर्न भन्दै बोलाउनुभएको थियो । तर, उक्त भेटमा प्रधानमन्त्रीले सत्ता साझेदारीको कुरा पनि गरेको स्रोतको दाबी छ ।

    यसअघि पनि नेकपामा विवाद भएका वेला गत असारमा ओली र देउवाले गोप्य भेट गरेका थिए ।

     

     


    आइतवार, मंसिर ७ २०७७०२:४३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij