Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

वर्तमान सरकारमा कुनै पनि समस्या छैन: मीन विश्वकर्मा

वर्तमान सरकारमा कुनै पनि समस्या छैन: मीन विश्वकर्मा

  • शनिवार, फाल्गुण २४ २०८१

  • 472
    SHARES

  • वर्तमान सरकारमा कुनै पनि समस्या छैन: मीन विश्वकर्मा

    काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले वर्तमान सरकारमा कुनै पनि समस्या नभएको बताउनुभएको छ ।

    राजनीतिक स्थिरतासँगै नेपाली जनताको भावनाअनुसार समुन्नती र सुशासन दिनका लागि संसदका दुई ठुला दल कांग्रेस र एमालेको समिकरणमा सरकार बनेकोले सोहि अनुसार अगाडि बढिरहेको स्पष्ट पार्नुभयो ।

    सरकार गठन अगाडि भएको सात बुँदे सहमतिअनुसार नै सरकार चल्नेमा कुनै पनि शंका नरहेको नेता विश्वकर्माको भनाइ छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगकुरा गर्दै नेता विश्वकर्माले बाहिर प्रतिपक्षले सरकारको आलोचना गर्दै हिड्नुको कुनै पनि अर्थ नभएको समेत टिप्पणी गर्नुभएको छ ।

    सरकार असफल भयो, अलोकतान्त्रिक भयो भनेर प्रतिपक्षले भन्दै हिड्नु सत्तादेखि बाहिरिनुपर्दाको छट्पटीबाहेक अरु नभएको बताउनुभयो ।

    विभिन्न समस्या र अवरोधकाबीच पनि आफूले गर्नुपर्ने काम र प्रतिवद्धता बिर्सन सरकारलाई छुट नभएको समेत उहाँको सुझाव रहेको छ ।

    जनतामा छाएको वितृष्णा र निराशालाई एकैपटन चिर्न नसके पनि विस्तारै कम हुँदै जाने र आसामा बदलिने नेता विश्वकर्माको विश्वास रहेको छ ।


    शनिवार, फाल्गुण २४ २०८११०:३६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij