पर्वत । १९ वर्षीय एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतको मोदी गाउँपालिका बस्ने ३२ वर्षका दीपक परियारलाई पर्वत प्रहरीले पक्राउ गरेको छ ।
जबरजस्ती करणीको सूचना प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतले घटनास्थलको मुचुल्कासहित जिल्ला अदालत पर्वतमा मुद्धा दायर गरेको प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले बताउनुभयो ।
अभियुक्तलाई प्रहरी कार्यालय पर्वतमा राखेर अनुसन्धान भइरहेको छ ।