Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मुलुकको बिग्रदो अवस्था सहि मार्गमा गइरहेको छ: ठाकुर गैरे

मुलुकको बिग्रदो अवस्था सहि मार्गमा गइरहेको छ: ठाकुर गैरे

  • सोमवार, फाल्गुण १२ २०८१

  • 548
    SHARES

  • मुलुकको बिग्रदो अवस्था सहि मार्गमा गइरहेको छ: ठाकुर गैरे

    काठमाडौं । नेकपा एमालेका नेता ठाकुर गैरेले वर्तमान सरकारले मुलुकको बिग्रदो अवस्थालाई सहि मार्गमा लैजाने काममा लागिपरेको बताउनुभएको छ ।

    विगतको सरकारले अस्तव्यस्त बनेको मुलुक अहिले विस्तारै लयमा फर्किन थालेको नेता गैरेको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गैरेले संसदका दुई ठुला दल एक हुनुको मूख्य कारण नै मुलुकको बिग्रदो अवस्था रहेकाले अहिले क्रमश सुधारतर्फ गैरहेको र परिणामहरु प्नि देखिन थालेको स्पष्ट पार्नुभयो ।

    यस्तै अर्थतन्त्रमा सुधारका संकेतहरु आइरहेको दाबी गर्दै नेता गैरेले मुलुकको विकाश गर्ने सरकार नै अहिलेको भएको जिकिर गर्नुभयो ।

    प्रतिपक्षले विभिन्न किसीमका अफवाह र भ्रम फैलाएर सरकारलाई कमजोर पार्ने काम गरिरहेको आरोप लगाउँदै उहाँले वर्तमान सरकार शक्तीशाली भएकाले अलिकती पनि टसमस नहुने झन् बलियो बनेर अगाडि बढ्ने विश्वास दिलाउनुभयो ।

    गठनका बेला भएको सहमति अनुसार नै चलिरहेकाले आगामी निर्वाचनसम्मै सरकार रहनेमा कुनै शंका नरहेको उहाँको दाबी छ ।

    यस्तै, जनतामा छाएको निरासा एकैपटक कम नभए पनि बिस्तारै कम हुँदै आसामा परिणत हुने पनि उहाँको विश्वास रहेको छ ।


    सोमवार, फाल्गुण १२ २०८१०८:५६:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij