Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकारले ल्याएका अध्यादेश पारित नहुनु सरकारकै कारण हो: राजकिशोर यादव

सरकारले ल्याएका अध्यादेश पारित नहुनु सरकारकै कारण हो: राजकिशोर यादव

  • मंगलवार, माघ २९ २०८१

  • 547
    SHARES

  • सरकारले ल्याएका अध्यादेश पारित नहुनु सरकारकै कारण हो: राजकिशोर यादव

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ उपाध्यक्ष राजकिशोर यादवले सरकारले ल्याएका अध्यादेश पारित नहुनु सरकारकै कारण भएको बताउनुभएको छ ।

    सरकारले नै ल्याएको अध्यादेश कसरी पास हुन्छ भन्ने पहिलो दायित्व पनि सरकारकै भएको पूर्वमन्त्रीसमेत रहनुभएका यादवको भनाइ रहेको छ ।

    सरकारलाई समर्थन गरेको पार्टी जसपासंग कुनै पनि छलफल र सल्लाह नै नगरेर ल्याएको अध्यादेशबारे आफूहरुलाइ कुनै पनि जानकारी नभएको नेता यादवले बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगकुरा गर्दै नेता यादवले आफूहरुले अध्यादेशलाई लिएर कुनै पनि बार्गेनिङ नगरेको दाबी गर्दै बाहिर आइरहेका सबै कुराहरु मिथ्या र भ्रामक भएको स्पष्ट पार्नुभयो ।

    सरकारलाई समर्थन गर्दाखेरी नै राम्रा कामको समर्थन र नराम्रो कामको विरोध गर्ने आफूहरुको प्रतिज्ञा रहेको स्मरण गराउँदै उहाँले अहिले पनि सोहि कुरामा अडिग रहेको बताउनुभयो । अध्यादेशको भने समर्थनमै रहेको उहाँको भनाइ छ ।

    राष्ट्रियसभामा सत्ताधारी दलहरूको बहुमत नभएकाले अध्यादेशबारे जसपा नेपाल निर्णायक देखिएको छ । सरकारले जसपा नेपाललाई मधेश प्रदेशको मुख्यमन्त्री वा सङ्घीय सरकारको शक्तिशाली मन्त्री दिएर भए पनि आफ्नो पक्षमा ल्याउन खोजेको चर्चा भइरहेको बेलामा उपाध्यक्ष यादवले यसको खण्डन गर्नुभएको हो ।

    यसअघि अध्यादेश पारित गर्नका दुवै सदनमा प्रस्तुत गर्ने तयारी गरे पनि अन्तिम समयमा स्थगित भएको थियो ।


    मंगलवार, माघ २९ २०८१०९:४६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij