Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अध्यादेश ल्याउने कुरामा सरकारको दुरदर्शीता नभएको देखियो: मीन बिश्वकर्मा

अध्यादेश ल्याउने कुरामा सरकारको दुरदर्शीता नभएको देखियो: मीन बिश्वकर्मा

  • शनिवार, माघ २६ २०८१

  • 504
    SHARES

  • अध्यादेश ल्याउने कुरामा सरकारको दुरदर्शीता नभएको देखियो: मीन बिश्वकर्मा

    काठमाडौं । नेपाली कांग्रेसका नेता मीन बिश्वकर्माले अध्यादेश ल्याउने कुरामा सरकारको दुरदर्शीता नभएको देखिएको बताउनुभएको छ । सरकारले विद्ययकबाट ल्याइदिएको भए कुनै पनि समस्या नहुने नेता विश्वकर्माको भनाइ छ ।

    गत बिहिबारको सङ्घीय संसद्को बैठकको कार्यसूचीमा रहे पनि ६ वटा अध्यादेश निर्णयार्थ पेश गर्ने निर्णयबाट सरकार पछि हटेको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपालीबहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता विश्वकर्माले एकहप्तापछि संसद चलिहाल्ने अवस्थामा पनि संसद नचलेको समयमा अध्यादेश ल्याउन पाइन्छ भन्दैमा ल्याइहाल्नु सरकारको केहि कमजोरी भएको स्विकार गर्नुभयो ।

    सरकारले ल्याएका अध्यादेशहरू प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा पेश गर्ने कार्यसूची थियो । तर ती अध्यादेशहरू पास हुनका लागि राष्ट्रियसभामा आवश्यक मत नपुग्ने देखेपछि सरकार निर्णयार्थ पेश गर्ने निर्णयबाट सरकार पछि हटेको हो ।

    प्रतिपक्षले विरोध गर्छ भन्ने बुझेर सरकारले त्यस्तो अवस्थामा अध्यादेश पारित हुन्छ हुँदैन भन्ने कुराको हिसावकिताव राखेर सामान्य प्रक्रियाबाट ल्याइदिएको भए आज यस्तो अवस्था सिर्जना नहुने उहाँको भनाइ छ ।

    बहुमत पु¥याउनका लागि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल भइरहे पनि जसपाले निर्णय नगर्दा लगत्तै दुवै सदनको कार्यसूची फेरिएको हो ।

    सरकारले ल्याएका अध्यादेशहरूबारे सत्ताधारी दलले बचाउ गर्दै आएका छन् भने विपक्षी दलले चर्को विरोध गरेका छन् ।


    शनिवार, माघ २६ २०८१११:१७:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij