Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

“आठौं मनास्लु राष्ट्रिय अवार्ड – २०८१” सम्पन्न

“आठौं मनास्लु राष्ट्रिय अवार्ड – २०८१” सम्पन्न

बरिष्ठ गायक बम बहादुर कार्की र बरिष्ठ गायिका चन्द्रकला शाह देखी हरेक क्षेत्रका व्यक्तित्वहरु “एक बिधा एक स्टार” द्वारा सम्मानित
  • मंगलवार, माघ २२ २०८१

  • 881
    SHARES

  • “आठौं मनास्लु राष्ट्रिय अवार्ड – २०८१” सम्पन्न

    काठमाडौं । मनास्लु मिडिया प्रा.लि. द्वारा सञ्चालित हरपल खबरको रफ्तार— मनास्लु पोष्ट को आठौं वार्षिकोत्सव अवसरमा “आठौं मनास्लु राष्ट्रिय अवार्ड – २०८१” सम्पन्न भएको छ।

    मनास्लु मिडिया प्रा.लि.द्वारा सञ्चालित “हरपल खबरको रफ्तार” मनास्लु पोष्टकोे आठौं बर्ष पुरा भएकोे अवसर पारेर बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पुर्‍याएका व्यक्ति एवं संस्थालाई सेवाको कदर स्वरुप “एक विधा एक स्टार” “आठौं मनास्लु राष्ट्रिय अवार्ड – २०८१” बाट सम्मान गरिएको छ । राष्ट्रिय नाचघर जमलमा यहि माघ १९ गते शनिवार “आठौं मनास्लु राष्ट्रिय अवार्ड – २०८१”सम्पन्न भएको हो ।

    “एक विधा एक स्टार” आठौ मनास्लु राष्ट्रिय अवार्ड – २०८१ मा विभिन्न क्षेत्रमा क्रियाशिल रहदै राष्ट्रलाई बिशेष योगदान पुर्‍याएका व्यक्तित्वहरुलाई अर्वाडद्वारा सम्मान गरिनुका साथै सम्मानित व्यक्तित्वहरुको जिवनी “एक तारा भाग – ८” पनि प्रकाशित गरिएको थियो।

    मन बहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यता रहेको थियो ।
    त्यसैगरी चुमनुव्री गाँउपालिका गोरखाका अध्यक्ष तथा मनास्लु पोष्टका सल्लाहकार निमा लामा, सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुन मगर, समाजसेवी / ब्यबसायी कृष्ण बहादुर थापा मगर, नेपाल मगर संघ, केन्द्रीय समितिका, सह अध्यक्ष गंगा खासु मगर, बरिष्ठ अधिवक्ता गौ बहादुर आले मगर, नेपाल मगर संघ, केन्द्रीय समितिका, सहअध्यक्ष गंगा बहादुर थापा मगरको बिशिष्ट आतिथ्यता रहेको थियो । सो कार्यक्रमको सञ्चालन सञ्चारकर्मी एबम् गायक राज कुमार रायमाझीले गर्नुभएको थियो ।

    “मनास्लु अन्तराष्ट्रिय आईकन अवार्ड – २०८१” तर्फ चन्द्रकला शाह बरिष्ठ गायिका, बम बहादुर कार्की बरिष्ठ गायक, दुर्गा डंगोल बरिष्ठ बाध्यबादक, कला रेश्मी महतो सर्वोकृष्ट गायिका, लक्ष्मण पोखरेल सर्वोत्कृष्ट संगीतकारर / रचनाकार, बिबेस बुढा मगर सर्वोत्कृष्ट फिल्म निर्देशक, प्रमिला वस्ती मनोचिकित्साविद तथा रचनाकार, अशोक कुमार सिंह सर्वोत्कृष्ट पत्रकारिता, नारायण रेग्मी समाजसेवी तथा गीतकार, बलराम सुवेदी समाजसेवी, रञ्जना न्यौपाने शिक्षासेवी तथा गीतकार, शंकर रानाभाट संस्कृतीविद सम्मानित हुनुभएको छ ।

    यसैगरि, “आठौ मनास्लु राष्ट्रिय अवार्ड – २०८१” बाट नीमा तामाङ सर्वोत्कृष्ट बहुप्रतिभावान गायिका, सपना सुनाम सर्वोत्कृष्ट प्रतिभावान गायिका, संगीता गुरुङ सर्वोत्कृष्ट मौलिक गायिका, प्रकाश बराइली “अभिबयक्ती” सर्वोत्कृष्ट पत्रकार / भिडियो निर्देशक, बिमल शाह सोनार सर्वोत्कृष्ट हार्मोनियम मास्टर, रमेश केसी सर्वोत्कृष्ट गायक, सिता परियार सर्वोत्कृष्ट गायिका , रोशन क्षेत्री सर्वोत्कृष्ट रचनाकार, सन्तोस गुरुङ सर्वोत्कृष्ट गीतकार, समित परियार सर्वोकृष्ट एरेन्जर / ध्वनी सम्पादक, दिपेन्द्र प्रकाश केसी सर्वोकृष्ट म्यूजिक भिडियो निर्देशकबाट सम्मानित हुनुभएको छ ।

    कार्यक्रममा पलपल आयुर्वेद प्रा.लि. का अध्यक्ष छोईकु लामा, फ्यूचर बिलोन्ङ्सका अध्यक्ष पुष्पा सुवेदी क्षेत्री, भकारी बिजनेश हाउसका प्रमुख कार्यकारी अधिकृत धन बहादुर कार्की, सञ्चारकर्मी उषा कँडेल भुसाल, रे टेलिभिजन समाचार प्रमुख तथा गोरखापत्र दैनिकका पत्रकार श्याम राना मगर, सञ्चारकर्मी राजु बोहरा, थालीनाच नृत्याङगना एलिजिवा पुर्जा पुन, समाजसेवी होमराज खपाङगी मगर, पर्यटन गाइड वाङचु शेर्पा, बाबा कौशिका हाउस संस्थापक भानुभक्त ढुंगाना, ओ.टि.एस. नेपाल अध्यक्ष पृथ्वी नारायण अधिकारी, समाजसेवी जगत रेश्मी मगर, समाजसेवी नरेश छहरी मगर, समाजसेवी कुशल आले मगर र समाजसेवी अम्बिका देवीलाई विशेष सम्मान गरिएको थियो ।


    मंगलवार, माघ २२ २०८१०१:५८:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij