Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रविसहित १४ जनाविरुद्धको मंगलबार चितवन अदालतमा मुद्दा दर्ता हुने

रविसहित १४ जनाविरुद्धको मंगलबार चितवन अदालतमा मुद्दा दर्ता हुने

  • सोमवार, माघ २१ २०८१

  • 434
    SHARES

  • रविसहित १४ जनाविरुद्धको मंगलबार चितवन अदालतमा मुद्दा दर्ता हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध भोलि चितवन जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको हो । आजै मुद्दा दर्ता गर्ने भनिएको भएपनि केही वकिलहरुको व्यस्तताका कारण भोली मुद्दा गरिने भएको छ । सरकारी वकिल कार्यालयले लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
    चितवन जिल्ला सरकारी वकिल कार्यालयले यसअघि तथ्यतथ्यांक नमिलेको भन्दैं पुनः अनुसन्धान प्रक्रिया सकेर प्रतिवेदन पेस गर्न भन्दै फाइल प्रहरीलाई फिर्ता गरेको थियो । पुनः अनुसन्धान गरेर प्रहरीले सरकारी वकिल कार्यालयमा एक साता अगाडिमात्रै फाइल पठाएको थियो ।
    विभिन्न सहकारी ठगीसम्बन्धी मुद्दामा धरौटी बुझाएका लामिछानेलाई मुद्दा दर्ता भएपछि चितवन झिकाइने छ । प्रहरीको अनुसन्धानमा साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
    लामिछाने पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की अदालतबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटी तिरेर छुटेका थिए ।

     


    सोमवार, माघ २१ २०८१०७:१३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij