Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकारले जति गर्नुपर्ने हो त्यति काम र डेलिभरी नभए पनि केहि भएन भन्न मिल्दैँनः रामहरि खतिवडा

सरकारले जति गर्नुपर्ने हो त्यति काम र डेलिभरी नभए पनि केहि भएन भन्न मिल्दैँनः रामहरि खतिवडा

  • शुक्रवार, माघ १८ २०८१

  • 628
    SHARES

  • सरकारले जति गर्नुपर्ने हो त्यति काम र डेलिभरी नभए पनि केहि भएन भन्न मिल्दैँनः रामहरि खतिवडा

    काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सरकारले जति गर्नुपर्ने हो त्यति काम र डेलिभरी नभएको स्विकार गर्नुभएको छ ।

    संसदका दुई ठुला दल नेपाली कांग्रेस र एमालेको समिकरणमा बनेको सरकारसँग जनताले धेरै आस गरेकाले जति हुनुपर्ने हो त्यति नभए पनि हुँदै नभएको भने भन्न नमिल्ने सभापति खतिवडाको भनाइ छ ।

    प्रतिपक्षले सरकार पूरा असफल भयो आज या भोलि ढल्छ भन्ने गरेको प्रसंगमा सभापति खतिवडाले यो सबै उनिहरुको सत्ता बाहिर हुनुपरेको पिडा र छट्पटीबाहेक अरु नभएको स्पष्ट पार्नुभयो ।

    आफू सरकारमा हुँदा जे गर्दा पनि सहि ठान्ने प्रतिपक्षले अहिले सरकारको विरोध गर्दै हिड्नु नसुहाएको टिप्पणी गर्दै कांग्रेस नेतासमेत रहनुभएका सभापति खतिवडाले सरकार पूर्वसहमति अनुसार नै चलेकाले आगामी निर्वाचनसम्म रहनेमा कसैले पनि शंका नगर्न आग्रह गर्नुभयो ।

    यस्तै सभापति खतिवडाले वर्तमान सरकारले देश र जनतामाथि देखिएको चरम असन्तुष्टि, वितृष्णालाई चिरेर काम गर्नुपर्ने सुझावसमेत दिनुभएको छ ।

    दिनदिनै बढिरहेको युवा पलायललाई कसरी रोक्ने, देशमै रोजगारी सिर्जना गरेर विदेशीएका युवाहरु समेतलाई स्वदेश तान्ने, आर्थिक गतिविधि चलायमान बनाउने लगायतका मूख्य काममा सरकारको ध्यान जानुपर्ने उहाँको जोड रहेको छ ।

    यस्तै, सरकारले ल्याएको अध्यादेश राम्रो र आवश्यकता भएको उहाँको तर्क छ । अध्यादेशको विरोधमा प्रतिपक्षले आलोचना र विरोध गर्नुको साटो धन्यवाद दिनुपर्ने अवस्था भएको समेत कांग्रेस नेता खतिवडाले स्पष्ट पार्नुभयो ।


    शुक्रवार, माघ १८ २०८१०९:३५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij