Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

स्वास्थ्य बीमा सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश

स्वास्थ्य बीमा सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश

  • बुधवार, माघ १६ २०८१

  • 530
    SHARES

  • स्वास्थ्य बीमा सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्वास्थ्य बीमा सुधार सम्बन्धी कार्ययोजना प्रस्तुत गर्नुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहको नेतृत्वमा तयार पारेको कार्ययोजना सहितको प्रतिवेदन मन्त्री पौडेलले बुधबार प्रधानमन्त्रीलाई बुझाउनु भएको हो ।
    कार्ययोजना बनाएर मन्त्रीपरिषद्को बैठकबाट स्वास्थ्य बीमामा सुधार गर्ने सरकारको तयारी छ । स्वास्थ्य बीमाका पक्षलाई सुधार गरेर रू. पाँच लाख पुर्याउने गरी आफुले तयारी गरिरहेको मन्त्री पौडेलले बताउनुभयो ।
    उहाँका अनुसार प्रधानमन्त्रीलाई बुझाइएको प्रतिवेदनमा पनि बीमा रकम बढाएर पाँच लाख पुर्याउन सकिने आधारहरु समावेश छन् । अब मन्त्रालयको निर्णयपछि संसद्को आगामी अधिवेशनमार्फत स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाइनेछ ।


    बुधवार, माघ १६ २०८१०२:५०:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij