Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बालुवाटार जग्गा प्रकरणमा मुछिएका इन्जिनियर श्रेष्ठ पाँच लाख धरौटीमा छुटे

बालुवाटार जग्गा प्रकरणमा मुछिएका इन्जिनियर श्रेष्ठ पाँच लाख धरौटीमा छुटे

  • बुधवार, मंसिर ३ २०७७

  • 1.1K
    SHARES

  • बालुवाटार जग्गा प्रकरणमा मुछिएका इन्जिनियर श्रेष्ठ पाँच लाख धरौटीमा छुटे

    काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरमणमा मुछिएका प्रतिवादी राजेन्द्रमान श्रेष्ठ धरौटीमा छुटेका छन् । आज विशेष अदादलका न्यायाधीश प्रेमराज कार्की र चन्द्रबहादुर सारुको संयुक्त इजलासले भवन निर्माण संभार डिभिजन कार्यालयका तत्कालीन इन्जिनियर श्रेष्ठलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

    आदेश लगत्तै नगद धरौटी बुझाएर उनी छुटेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिनुभयो । बालुवाटारमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता तथा बेचबिखन गर्न संलग्न रहेको आरोपमा गत वर्ष माग २३ गते अख्तियार दुरुपयोगअनुसन्धान आयोगले तीन पूर्वमन्त्री र तीन पूर्वसचिव सहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

    मुद्दामा प्रतिवादी बनाइएकामध्ये अधिकांश विशेष अदालतको आदेशमा धरौटी बुझाएर रिहा भएका छन् भने केही हाजिर हुने क्रम जारी रहेको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।

    विशेषले एक जनाबाहेक सबैलाई बिगो दाबीको तुलनामा अत्यन्तै न्युन धरौटीमा रिहा गर्दै आएको छ । बालुवाटरको प्रधानमन्त्री निवाससँगै जोडिएको ११३ रोपनीभन्दा बढी सरकारी व्यक्तिको नाममा पु¥याइएको थियो ।


    बुधवार, मंसिर ३ २०७७०६:०९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij