Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

६ महिना भनेको तुरुन्त डेलिवरी दिन सकिहाल्ने समय होइन, सरकारले विस्तारै काम गरिरहेको छ: लिलानाथ श्रेष्ठ

६ महिना भनेको तुरुन्त डेलिवरी दिन सकिहाल्ने समय होइन, सरकारले विस्तारै काम गरिरहेको छ: लिलानाथ श्रेष्ठ

  • शुक्रवार, माघ ११ २०८१

  • 501
    SHARES

  • ६ महिना भनेको तुरुन्त डेलिवरी दिन सकिहाल्ने समय होइन, सरकारले विस्तारै काम गरिरहेको छ: लिलानाथ श्रेष्ठ

    काठमाडौं । नेकपा एमालेका नेता लिलानाथ श्रेष्ठले ६ महिनामा सरकारले जति गर्न सक्ने हो त्यति गरेको बताउनुभएको छ । ६ महिना भनेको तुरुन्त डेलिवरी दिन सकिहाल्ने समय नभएकाले विस्तारै सरकारले काम गरिरहेकोले अहिले नै केहि गरेन, असफल भयो भनेर भन्नु गलत भएको नेता श्रेष्ठको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता श्रेष्ठले प्रतिपक्षले सरकार पूरै असफल भयो भन्दै हिड्नु सरकारदेखि बाहिरिनुको पिडाबाहेक अरु केहि नभएको स्पष्ट पार्नुभयो ।

    विगतको तुलनामा अर्थतन्त्रमा सूधार आइरहेको दाबी गर्दै उहाँले जनतामा भ्रम छर्ने काम नगर्न प्रतिपक्ष दललाई आग्रह गर्नुभयो ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय हरेकजसो सार्वजनिक कार्यक्रममा सरकारको आयू छैन, टिक्दैन भन्दै हिड्ने गरेको प्रसँगमा नेता श्रेष्ठले यो सबै प्रचण्डको छट्पटि र सरकार ढाल्न खोज्ने चाल भएको टिप्पणी गर्नुभयो । तर प्रचण्डको कुनै पनि कुरा र चाल सफल नुहने उहाँको दाबी छ ।

    यस्तै यो सरकार सहमति अनुसार नै आगामी ०८४ सम्मै रहनेमा कुनै शंका नरहेको समेत उहाँको विश्वास रहेको छ ।


    शुक्रवार, माघ ११ २०८१०९:४२:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij