काठमाडौं। ‘राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान’ ले कोशी प्रदेशका विभिन्न सात जिल्लाहरुमा संगठन विस्तार गरेको छ। प्रतिष्ठानले कोशी प्रदेशका सङ्खुवासभा, भोजपुर, तेर्हथुम, धनकुटा, सुनसरि, झापा, र इलाम जिल्लामा हालै संगठन विस्तार तथा प्रथम अधिवेशन सम्पन्न गरेको हो ।
‘राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान’का उपाध्यक्ष एवं सङ्गठन बिभाग प्रमुख सुवास केसीका अनुसार गत पुस २२ गतेदेखी पुस मसान्तसम्म गरी कोशी प्रदेशका ७ जिल्लामा संगठन विस्तार गरिएको हो ।
प्रतिष्ठानले अधिकांश जिल्लाहरुमा संगठन विस्तारको काम सम्पन्न गरिसकेको छ भने बाँकी रहेका केही जिल्ला र विदेशमा पनि बाँकी केही देशहरुमा अबको तीनदेखी छ महिनाभित्र संगठन विस्तारको काम सम्पन्न गर्ने लक्ष्य लिएको केसीले जानकारी दिनुभयो।
हालै सम्पन्न संगठन विस्तार तथा प्रथम अधिवेशनका क्रममा सातवटै जिल्लामा संगठन विभाग प्रमुख केसीसँगै केन्द्रीय सदस्य रमेश आचार्य, कोशि प्रदेश तदर्थ समिति एवं संयोजक रोम घिमिरे र सचिव शुसिल भट्टराइको उपस्थीति थियो भने केही जिल्लामा प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रीता थापाको समेत सहभागीता रहेको थियो ।