Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एनआरएनए नेता शर्माले उठाए अध्यादेशमाथि प्रश्न

एनआरएनए नेता शर्माले उठाए अध्यादेशमाथि प्रश्न

  • आइतवार, पौष २८ २०८१

  • 814
    SHARES

  • एनआरएनए नेता शर्माले उठाए अध्यादेशमाथि प्रश्न

    काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)का नेता तथा अभियान्ता आरके शर्माले सरकारले जारी गरेको अध्यादेशमा गैरआवासीय नेपालीहरूलाई लगाइएको भिसाको व्यवस्थाप्रति गम्भीर आपत्ति जनाएका छन्।

    शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्, “एक पटकको नेपाली सधैँको नेपाली हुने हाम्रो मागलाई सम्बोधन गर्नुको सट्टा, अध्यादेशले हामीलाई भिसा लगाउने व्यवस्था गरेको छ। यो हाम्रो माग विपरीत छ।”

    उनले संविधानले नै गैरआवासीय नेपालीहरूलाई स्वीकार गरेको र उनीहरूलाई राजनीतिक अधिकारबाहेक सबै अधिकार दिने व्यवस्था गरेको उल्लेख गर्दै भने, “अहिले आएर अधिकार कटौती गर्नु देशकै लागि घाटाको विषय हुन सक्छ।”

    गैर आवासीय नेपालीका लागि नागरिकताको व्यवस्था गर्नुपर्ने आवाज सुरुदेखि उठाउँदै आएका र त्यो व्यवस्था पारित गराउन पनि निर्णायक भूमिका खेलेका शर्माले गैर आवासीय नागरिकताको व्यवस्थालाई थप कडाईका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।

    शर्माले सरकारसँग अध्यादेश पुनर्विचार गरी संविधानको मर्मअनुसार अघि बढ्न आग्रह गरेका छन्। साथै, उनले एनआरएनएका सबै सदस्यहरूलाई संस्थाको पवित्र उद्देश्य पूरा गर्न एकजुट हुन आह्वान गरेका छन्।

    उनले वैदेशिक हवाई शुल्कमा अत्याधिक वृद्धि भएपछि वैदेशिक रोजगारीमा जानेहरूलाई अत्यन्तै मर्का परेको भन्दै तत्काल मूल्य घटाउन पनि माग गरेका छन्।


    आइतवार, पौष २८ २०८१०३:४६:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij