Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

संसद छलेर अध्यादेश ल्याउने सरकारको निर्णय अलोकतान्त्रिक: राजन दाहाल

संसद छलेर अध्यादेश ल्याउने सरकारको निर्णय अलोकतान्त्रिक: राजन दाहाल

  • आइतवार, पौष २८ २०८१

  • 646
    SHARES

  • संसद छलेर अध्यादेश ल्याउने सरकारको निर्णय अलोकतान्त्रिक: राजन दाहाल

    काठमाडौं । माओवादी केन्द्रका नेता राजन दाहालले संसद छलेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति गम्भिर आपत्ती जनाउनुभएको छ ।

    अध्यादेशमार्फत शासन गर्न खोज्ने सरकारको कदम अलोकतान्त्रिक, स्वैच्छाचारी र निरंकुश कदमको सुरुवात भएको भन्दै नेता दाहालले रोष प्रकट गर्नुभएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार मध्यरातसम्म मन्त्रिपरिषद् बैठक राखेर केही नेपाल ऐन संशोधनसहित तीनवटा अध्यादेश ल्याउने निर्णय गर्नुभएको छ ।

    कानुन बनाउने संसद्को हिउँदे अधिवेशन बोलाउन छाडेर सरकारले अध्यादेशबाट शासन गर्ने बाटो लिएको भन्दै विपक्षी दलहरूले आलोचना गरिरहेका छन् भने सत्तापक्षले यसको समर्थन गरिरहेका छन् ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता दाहालले महाविपत्तीको समयमा देशको प्रमुख व्यक्ती प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा रहने अहिले संसद छल्ने अध्यादेश ल्याउने, संसददेखि सरकार डराइरहेको आरोप लगाउनुभयो ।

    सरकारले अहिले अध्यादेश ल्याउनुपर्ने परिस्थती र आवश्यकता नभएको उहाँको तर्क छ । कांग्रेस र एमाले समिकरणको सरकार बनेको ६ महिनासम्म कुकर्म बाहेक अरु केहि काम नगरेको कारणले पनि संसद छलेर अध्यादेशमार्फत शासन गर्न खोज्ने दुष्प्रयास आफूहरुलाई कुनै पनि हालतमा सैह्य नहुने नेता दाहालको चेतावनी छ ।

    देशमा व्यापक भ्रष्टाचार, बेथिती र अराजकता बढिरहेको अवस्थामा यसविरुद्ध केहि पनि गर्न नसकेको बदनियतपुर्ण बनेको सरकारको भुमिका कहि पनि नदेखिएको उहाँको आरोप छ । बलियो भनेर भनिएको सरकार अहिलेसम्म कै कमजोर र असफल भएको समेत नेता दाहालको दाबी छ ।


    आइतवार, पौष २८ २०८१०९:१६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij