Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कांग्रेस र एमालेबीच मतभेद नभएसम्म सरकार ढाल्ने सम्भावना रहन्न: ध्रुवबहादुर प्रधान

कांग्रेस र एमालेबीच मतभेद नभएसम्म सरकार ढाल्ने सम्भावना रहन्न: ध्रुवबहादुर प्रधान

  • शनिवार, पौष २७ २०८१

  • 800
    SHARES

  • कांग्रेस र एमालेबीच मतभेद नभएसम्म सरकार ढाल्ने सम्भावना रहन्न:  ध्रुवबहादुर प्रधान

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ध्रुवबहादुर प्रधानले सरकार ढाल्ने पक्षमा आफूहरु नरहेको बताउनुभएको छ ।

    हिजो प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनबीच भएको भेटवार्तालाई लिएर सरकार ढाल्ने चलखेल भन्ने लगायतका   अड्कलबाजीहरु आउन थालेका छन् ।

    यहि बिचमा नेता प्रधानले प्रमुखप्रतिपक्षबीच भेटघाट हुनु छलफल हुनु स्वभावि भएकाले यसलाई सरकारविरोधी रणनिती भनेर भन्न नमिल्ने स्पष्ट पार्नुभयो ।

    यस्तै नेता प्रधानले हिजो भएको भेटमा दलका शिर्ष नेताहरुबीच मुलुकको हित, सरकारले गरेका कामहरुको मुल्याङकन र समसामयिक राजनीतिलगायत विषयमा छलफल भएको बुझ्न आग्रह गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका प्रधानले वर्तमान सरकार ढाल्नका लागि कुनै पनि कसरत जरुरत नै नभएको बताउँदै दुई ठुला दल कांग्रेस र एमालेबीच मतभेद नभएसम्म सरकार ढाल्ने सम्भावना नरहने तर्क गर्नुभयो ।

    तर हिजोको भेटवार्ता पछि माओवादी अध्यक्ष प्रचण्डले भने वर्तमान सरकार अब धेरै नटिक्ने दाबी गर्नुभएको थियो । यसकारण पनि धेरैले हिजोको भेटलाई चासोका साथ हेरिएकोे छ ।

    यस्तै अध्यादेश ल्याउने सरकारको तयारीमा उहाँले रचनात्मक कुरामा समर्थन रहने बताउँदै मुलुकको हितको लागि आएको रहेछ भने अध्यादेशलाई असफल गराउन पर्छ भन्ने सोचमा आफूहरु नहुने स्पष्ट पार्नुभयो ।


    शनिवार, पौष २७ २०८१०८:४५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij