Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकारले जनअपेक्षा अनुसार प्रयाप्त काम गर्न सकेको छैन, केहि गरेन भने भन्न मिल्दैँन: ठाकुर गैरे

सरकारले जनअपेक्षा अनुसार प्रयाप्त काम गर्न सकेको छैन, केहि गरेन भने भन्न मिल्दैँन: ठाकुर गैरे

  • बिहिवार, पौष २५ २०८१

  • 547
    SHARES

  • सरकारले जनअपेक्षा अनुसार प्रयाप्त काम गर्न सकेको  छैन, केहि गरेन भने भन्न मिल्दैँन: ठाकुर गैरे

    काठमाडौं । नेकपा एमालेका नेता ठाकुर गैरेले वर्तमान सरकारले जनअपेक्षा अनुसारको प्रयाप्त काम गर्न नसकेको स्विकार गर्नुभएको छ ।

    नेपाली कांग्रेस र एमालेको सरकारले जति गर्नुपर्ने हो त्यति नभए पनि क्रमश रुपमा राम्रा कामहरु गरिरहेकाले अहिलेनै केहि भएन, केहि गरेन भनेर चौतर्फि आलोचना गर्नुपर्ने अवस्था भने नभएको नेता गैरेको भनाइ छ ।

    देश र जनतालाई पहिलो प्राथमिकतामा राखेर सरकारले काम गरिरहेकाले विगतको सरकारको तुलनामा केपी शर्मा ओली नेतृत्वको सरकारले राम्रा कामको सुरुवात गरेको उहाँको दाबी छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गैरेले वर्तमान सरकार बनेपछि नै भ्रष्टाचार नियन्त्रण र यसका विरुद्ध सशक्तरुपमा काम भइरहेको स्पष्ट पार्नुभयो ।

    भ्रष्टाचार सहन्न, भ्रष्टाचार हुन दिन्न र यो सरकार भ्रष्टाचारविरुद्ध सशक्तढंगले अगाडि बढ्नुपर्छ भन्ने मुख्य उदेश्यले चलिरहेको सरकारले प्रतिवद्धतालाइ नबिर्सेर काम गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।

    यो सरकार नै नेपालमा भ्रष्टाचालाई अन्त्य गर्ने कुराको लागि सशक्त पहलकदमी बनेको पनि नेता गैरेको दाबी छ ।

    यस्तै नेता गैरेले देशका समग्र क्षेत्रमा सुशासन कायम गर्ने, पारदर्शिता कायम गर्ने र विधीको शासन लागु गर्ने, कानुनी राज्यको मान्यताअनुरुप अगाडि बढ्ने र सबैलाई समान दृष्टिकोणबाट हेर्ने कुरामा सरकार जबरजस्तरुपले प्रस्तुत हुनुपर्ने सुझाव दिनुभयो ।

    यसैबीच प्रतिपक्ष दलले सरकारलाई लिएर गर्दै आएका विभिन्न किसीमका टिकाटिप्पणीलाई गलत सावित गर्ने पनि उहाँको तर्क छ । अहिलेको गठबन्धन सरकार आगामी निर्वाचनसम्म रहनेमा कुनै पनि शंका नरहेको नेता गैरेले दाबी गर्नुभयो ।


    बिहिवार, पौष २५ २०८१०८:५१:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij