Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपाल भुकम्पको उच्च जोखिममा, आवश्यक पूर्वतयारीमा पटकपटक चुक्दै सरकार, स्रोत साधनको सधैं अभाव (खासखबर)

नेपाल भुकम्पको उच्च जोखिममा, आवश्यक पूर्वतयारीमा पटकपटक चुक्दै सरकार, स्रोत साधनको सधैं अभाव (खासखबर)

  • मंगलवार, पौष २३ २०८१

  • 646
    SHARES

  • नेपाल भुकम्पको उच्च जोखिममा, आवश्यक पूर्वतयारीमा पटकपटक चुक्दै सरकार, स्रोत साधनको सधैं अभाव (खासखबर)

    काठमाडौं। नेपाल भुकम्पको उच्च जोखिममा छ। भुकम्पविद्हरुका अनुसार जमिनमुनि रहेका चट्टानका प्लेटहरु एकापसमा घर्षण हुँदा भुकम्प जान्छ। उक्त घर्षणले पर्वतिय तथा हिमालयको देश नेपालको पश्चीम क्षेत्र बढी जोखिममा छ। त्यसकारणले पनि विगतदेखी नै नेपालका भुकम्प र पराकम्प जाने क्रम जारी छ।

    आज विहान मात्रै छिमेकी देश चिनको तिब्बतस्थीत शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु गएको भुकम्पले चिनमा करिब सय जनाको मृत्यु र डेढ सय घाइते भएका छन् । भने त्यसको धक्काले पूर्वि नेपालमा १७ जना घाइते तथा केही भौतिक संरचनामा क्षति पुगेको छ।

    नेपालमा भुकम्पको इतिहास हेर्दा वि.सं. १२१८ मा तत्कालिन राजा अभय मल्लको निधनदेखी यता हजारौंले ज्यान गुमाएका छन् भने र लाखौं घाइते र खबौंको क्षति भएको छ।

    नेपालको भूकम्प इतिहासमा वि.सं. १९९० माघ २ गते संखुवासभा केन्द्रबिन्दु बनाएर साढे ८ हजार बढीको ज्यान लिनेगरी गएको भुकम्पलाई सबैभन्दा शक्तिशाली, बीभत्स र विनाशकारी मानिन्छ।

    त्यसपछी बझाङ केन्द्रबिन्दु बनाएर ६.४ रेक्टरको भूकम्पमा ४६ जना, २०४५ सालमा उदयपुर केन्द्रबिन्दु बनाएर गएको ६.७ रेक्टरको भुकम्पमा ७५० जना, २०६८ सालमा ताप्लेजुङ र सिक्किम केन्द्रबिन्दु बनाएको भूकम्पमा १११ जनाले ज्यान गुमाएका थिए।

    त्यसपछी २०७२ साल वैशाख १२ गते गोरखा केन्द्रविन्दु बनाएर गएको ७.८ रेक्टरको भूकम्प र सोही बैशाख २९ गतेको पराकम्पमा देशभर ८ हजार ५५६ जनाको मृत्यु हुँदा २२ हजार ३०९ जना घाइते भएका थिए। त्यसपछी पनि नेपालमा भुकम्प जाने क्रम रोकिएन ।

    गतवर्ष कात्र्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पमा १५७ जनाको मृत्यु हुँदा ३७५ जना घाइते भए। त्यसयता पनि नेपालमा हजारौं साना ठुला भुकम्प र पराकम्प गैरहेका छन्।

    जसले नेपालको पश्चिम क्षेत्र बढी जोखिममा देखिन्छ। पछिल्लो २ वर्षमा पश्चिम नेपालमा मात्रै ७७ वटा भुकम्प र सयौं पराकम्प गैसकेका राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका उप–महानिर्देशक तथा प्रवक्ता मोनिका झा बताउनुहुन्छ ।

    यस्तै भुकम्पविद्हरुका अनुसार उत्तर र दक्षिणमा रहेका युरेसियन प्लेट तथा भौगर्भिक प्लेटबिचको टकरावले नेपाल भुकम्पको जोखिममा रहेको छ।

    मुलःत पर्वतिय तथा हिमालयका अफगानस्तानदेखी म्यानमारसम्मका देशहरु नै भुकम्पको जोखिममा रहेकोले सिंगो नेपाल नै पूर्वदेखी पश्चिमसम्मै भुकम्पको जोखिम रहेको बरिष्ठ भुकम्पविद् लोकविजय अधिकारीको भनाई छ।

    नेपालमा भुकम्पले पटकपटक ठुलो धनजनको क्षति गरिरहँदा पनि र भुकम्पको उच्च जोखिममा रहेकोमा जानकार हुँदा पनि अझै आवश्यक पूर्वतयारीका लागी प्रयाप्त स्रोत साधन जुटाउन नसक्नु सरकारको कमजोरी मात्रै नभै आलोचनाको पाटो रहेको अधिकारी औल्याउनुहुन्छ ।

    सरकारले आवश्यकताअनुसार स्रोतसाधन, जनशक्ति तथा आर्थीक उपलब्ध गराउन नसक्दा अध्ययन अनुसन्धान प्रभावित भैरहेको पुनः प्रवक्ता झा गुनासो गर्नुहुन्छ। सरकारलाई पटकपटक ताकेता गर्दापनि स्रोत साधन उपलब्ध नभएको उहाँको गुनासो छ । तर यता सरकार भने भुकम्पजन्य घटनामा सचेत रहेको दाबी गर्छ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले पूर्वतयारीका सन्दर्भमा प्रर्याप्त स्रोतसाधन परिचालन गर्न नसकेपनि साना तिना भुकम्पको सहजै व्यवस्थापन गर्दै आएको र आगामी दिनका लागी विगतका अनुभवबाट पूर्वसुचना प्रणालीसँगै आवश्यक स्रोत साधन जुटाउन गरी अगाडी बढेको बताउनुहुन्छ ।

    भुकम्प एक विपद हो, तसर्थ कहिलैपनि पूर्व सुचना वा जानकारी दिएर जाँदैन । यसकारण भुकम्पबाट हुनसक्ने मानविय तथा भौतिक क्षति हुन नदिन समयमै आवश्यक पूर्वतयारी अपनाउन जरुरी छ। यसका लागी राज्य जिम्मेवार बन्नुपर्छ भने आम सर्वसाधरण पनि सदैव सचेत र सर्तक रहनुपर्छ ।


    मंगलवार, पौष २३ २०८१०८:१३:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij