Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

रास्वपा अब उत्ताउलो पनबाट मुक्त भएर सच्चिने र सुध्रिनेक्रममा छ: विष्णु रिजाल

रास्वपा अब उत्ताउलो पनबाट मुक्त भएर सच्चिने र सुध्रिनेक्रममा छ: विष्णु रिजाल

  • मंगलवार, पौष २३ २०८१

  • 666
    SHARES

  • रास्वपा अब उत्ताउलो पनबाट मुक्त भएर सच्चिने र सुध्रिनेक्रममा छ: विष्णु रिजाल

    काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेमाथि भइरहेको छानविन र मुद्दामामिलालाई राजनीतिक प्रतिशोध भन्नै नमिल्ने बताउनुभएको छ ।

    हिजो सडकमा आन्दोलन गर्ने, अदालतलाई प्रभावित बनाउने र राजनीतिक मुद्दा बनाउन लागिपरेको रास्वपा अहिले पछि हट्नुले पनि यो कुरा प्रष्ट भएको नेता रिजालको तर्क छ ।

    यस्तै कानुनी प्रक्रियालाई सघाउने निस्कर्षमा पुग्नु रास्वपाको सकारात्मक पक्ष भएको बताउँदै उहाँले रास्वपा अब उत्ताउलो पनबाट मुक्त भएर सच्चिने र सुध्रिनेक्रममा रहेको देखिएको टिप्पणी गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपालीबहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रिजालले पूर्वगृहमन्त्री समेत रहनुभएका लामिछाने सहकारी ठगीप्रकरणमा मुछिएको प्रमाणसहित भेटिएपछि उहाँमाथि छानविन भइरहेको स्पट पार्नुभयो ।

    अदालतमा लािमछानेका वकिललाई आफ्नो तर्क बलियो र मजबुत ढंगले प्रस्तुत गर्दै न्यायलयलाई कन्भिन्स गरेर जे फैसला हुन्छ त्यसलाई स्विकार गर्न समेत उहाँले आग्रह गर्नुभएको छ ।

    यस्तै वर्तमान सरकारले राम्रो काम गरिरहेकाले ढलिहाल्छ, दरार आयो भन्ने लगायतका भ्रम नछर्नसमेत उहाँको आग्रह रहेको छ । सरकार गठनको क्रममा एमाले र कांग्रेसबीच भएको सहमति अनुसार नै सरकार चलिरहेकाले आगामी ८४ सम्मै सरकार निरन्तर रहनेमा कुनै पनि शंका नरहेको नेता रिजालको दाबी छ ।


    मंगलवार, पौष २३ २०८१०९:४५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij