काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएको छ । आज साँझ ५ बजे ओली राष्ट्रपति भेट्न शितलनिवास पुग्नुभएको हो ।
ओलीसहित उहाँनिकट केही नेतासमेत शीतल निवास पुगेको बुझिएको छ ।पार्टीमा खटपट र विवाद हुनेबित्तिकै ओली शीतल निवास जाने गर्दै आउनुभएको छ ।
राष्ट्रपति भण्डारीले समेत नेकपामा खटपट आउने वित्तिकै चासो लिएर नेताहरुलाई निवासमा बोलाउने र सम्झाउने गर्दै आउनुभएको छ ।
राष्ट्रपतिको यो भूमिकाप्रति चर्को विरोध समेत हुने गरेको छ । नेकपामा बैठक नै राख्न नमान्ने केपी ओली र बैठकको माग गर्ने नेताहरुबीच केही समय चर्को विवाद देखिएको थियो ।