Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेलाई पोखरा फर्काइयो

रवि लामिछानेलाई पोखरा फर्काइयो

  • बुधवार, मंसिर २६ २०८१

  • 511
    SHARES

  • रवि लामिछानेलाई पोखरा फर्काइयो

    काठमाडौं। सहकारी ठगी प्रकरणमा पर्सामा जारी अनुसन्धान सकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा पु¥याइएको छ।

    कास्की प्रहरीको हिरासतमा लिएर अनुसन्धान भइरहेका लामिछानेसँग पर्सामा पनि जिल्ला सरकारी वकिल कार्यालयले बयान लिएलगत्तै विमानबाट उनलाई आज पुनः सिमराबाट काठमाडौँ हुँदै कास्की पु¥याइएको हो।

    रविलाई पोखराबाट बयानका लागि अस्ति वीरगञ्ज लगिएको थियो। हिजो एकदिनमै बयान सकेर आज पोखरा फर्काइएको हो।

    उनलाई पर्सामा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले बयान लिएको थियो। रविलाई लैजाँदै गर्दा पोखरामा उनको समर्थनमा प्रदर्शन भइरहेको छ ।


    बुधवार, मंसिर २६ २०८१०२:१५:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij