Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विश्वकप छनोट : ब्राजिल, उरुग्वे र चिली विजयी

विश्वकप छनोट : ब्राजिल, उरुग्वे र चिली विजयी

  • शनिवार, कार्तिक २९ २०७७

  • 1.2K
    SHARES

  • विश्वकप छनोट : ब्राजिल, उरुग्वे र चिली विजयी

    एजेन्सी । फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटका आज बिहान भएका खेलमा उरुग्वे, चिली र ब्राजिल विजयी भएका छन् । उरुग्वेले कोलम्बियालाई ३–० ले पराजित गरेको हो ।

    छनोटमा दोस्रो जित हात पारेको उरुग्वे ३ खेलमा ६ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ । समान खेलबाट ४ अंक रहेको कोलम्बिया सातौं स्थानमा छ । छनोटमा कोलम्बियाको यो पहिलो हार हो ।

    यस्तै छनोटअन्तर्गत अर्को खेलमा चिलीले पेरुलाई २–० ले पराजित गरेको छ । पहिलो जित हात पारेको चिली ३ खेलबाट ४ अंक जोड्दै छैटौं स्थानमा उक्लेको छ ।

    दोस्रो हार बेहोरेको पेरु भने अझै जितविहीन छ । ३ खेलबाट १ अंक मात्र रहेको पेरु आठौं स्थानमा छ ।

    यस्तै, आज बिहान भएको अर्को खेलमा ब्राजिलले भेनेजुएलालाई १–० गोल अन्तरले पराजित गरेको छ । यस जितसँगै ब्राजिल दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा उक्लिएको छ ।

    ब्राजिलले ३ खेलमा ९ अंक जोडेको छ । छनोटमा ब्राजिल अपराजित रहेको छ । भेनेजुएलाको यो दोस्रो हार हो । नवौं स्थानमा रहेको भेनेजुएलाले ३ खेलमा १ अंक जोडेको छ ।


    शनिवार, कार्तिक २९ २०७७१२:१२:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij