Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ता सुरु

निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ता सुरु

  • शुक्रवार, मंसिर २१ २०८१

  • 719
    SHARES

  • निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ता सुरु

    काठमाडौं। निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता सुरु गर्न परिपत्र गरेको छ ।

    स्थानीय तह उपनिर्वाचन प्रयोजनको लागि देशभरबाट नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएकामा सो उपनिर्वाचन सम्पन्न भई परिणामसमेत प्राप्त भइसकेकाले नियमित मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुरु गर्न लागिएको आयोगले जनाएको छ ।

    कुनै व्यक्ति पेसा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगानाभन्दा फरक अर्को कुनै जिल्लामा बसोबास गरिरहेको भए पनि निजले मतदाता नामावलीमा आफ्नो नाम दर्ताका लागि आवश्यक प्रमाणसहित आवेदन गरेमा निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

    आइतबारदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट सुरु हुने मतदाता नामावलीमा नाम दर्ताका लागि नेपाली नागरिकताको प्रमाणपत्र आवश्यक पर्ने आयोगले जनाएको छ। नागरिकतामा उल्लिखित ठेगानाभन्दा फरक ठेगानामा मतदाता नामावली दर्ता गर्न नागरिकता, बसाइसराइ वा विवाह दर्ताको प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

    आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार अब मतदाता नामावलीमा भएको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइसराइको विवरण अद्यावधिक गर्नेलगायत कार्य गर्न सकिने छ ।


    शुक्रवार, मंसिर २१ २०८१०६:४१:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij