काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) सहकार्यसम्बन्धी दस्ताबेजमा हस्ताक्षर हुन सकेन ।
भ्रमण सुरु हुनुअगावै बीआरआई सहकार्यसँग सम्बन्धित दस्ताबेजमा सत्तारूढ कांग्रेस र एमालेबीच सहमति जुटेको भन्दै दुवै दलबीच खुसी साटासाट गरिएको थियो तर हिजो भने दस्ताबेजमा हस्ताक्षर नभएपछि अब बीआरआई नेपालमा नआउने भयो भन्ने लगायतका कुराहरु उठ्न थालेका छन् ।
यहि प्रसंगमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओली चीनमै भएकाले अहिले नै यो विषयमा कुरा उठाउन आवश्यक नभएको स्पष्ट पार्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका ज्ञवालीले कतिपय महत्वपूर्ण निर्णयहरु अन्तिम समयमा पनि हुने भएकाले यसबारेमा अहिले नै विभिन्न निष्कर्ष निकाल्न आवश्यक नरहेको पूर्वमन्त्रीसमेत रहनुभएका ज्ञवालीको भनाइ छ ।
यस्तै बीआरआईमा सहकार्यमा दुई देशका प्रधानमन्त्रीले हस्ताक्षर गर्ने डकुमेन्ट नभएकाले पनि अझैं सम्भावना कायमै रहेको ज्ञवालीको विशवास रहेको छ ।
यस्तै, नेपाल र चीनले आपसी विकास रणनीतिहरूको समन्वयलाई थप मजबुत बनाउन र बीआरआई परियोजनामा गहिरो सहकार्य गर्ने सहमति जनाएका छन् ।
यस्तै, प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीचको द्विपक्षीय वार्तापछि नेपालका ९ वटा सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको छ ।