Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा संख्या धेरै भयो भनेर अनावश्यक टिप्पणी गर्न आवश्यक छैन: श्याम घिमिरे

प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा संख्या धेरै भयो भनेर अनावश्यक टिप्पणी गर्न आवश्यक छैन: श्याम घिमिरे

  • सोमवार, मंसिर १७ २०८१

  • 487
    SHARES

  • प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा संख्या धेरै भयो भनेर अनावश्यक टिप्पणी गर्न आवश्यक छैन: श्याम घिमिरे

    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बीआरआईमा ऋण नलिने विषयमा दुई दलबीच सहमति भइसहेको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चिन भ्रमण आजदेखि सुरु हुँदै छ ।

    चारदिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री आज चीन जान लाग्नुभएको हो । गठबन्धनका दलबीच बीआरआई कार्यान्वयनमा ‘मध्यमार्गी बाटो’ अपनाएर ओली चीन जान लाग्नुभएको नेता घिमिरेको भनाइ छ ।

    बीआरआई कार्यान्वयनको सम्झौताका विषयलाई लिएर कांग्रेस र एमालेबीच लामै छलफल चलेको थियो । बीआरआई कार्यान्वयनका सम्बन्धमा नेपाल–चीनबीच हुने प्रस्तावित समझदारीका सम्बन्धमा कांग्रेसले प्रस्ताव गरेकै नाममा अन्तिम समयमा आएर सहमति जुटेपछि भ्रमण सफल हुने र चीनमा पनि सहमति अनुसार नै प्रक्रियामा जाने नेता घिमिरेले स्पष्ट पार्नुभयो ।

    चिनियाँ राजदूतावासमा बुझाइएको यससम्बन्धी डकुमेन्टमा नयाँ सम्झौताको नाम कांग्रेसले प्रस्ताव गरेअनुसार नै ‘बीआरआई सहकार्य फ्रेमवर्क’ राखिएको पनि उहाँले बताउनुभयो । नेता घिमिरे प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा समेत हुनुहुन्छ ।

    यस्तै प्रधानमन्त्रीको टोलीमा धेरै राखियो भनेर आलोचना र टिप्पणी हुन थालेको छ । यहि विषयमा नेता घिमिरेले खाने बस्ने सबै खर्च चीन सरकारले गर्ने भएकाले खर्चको हिसावलाई हेरेर टिप्पणी गर्न आवश्यक नरहेको स्पष्ट पार्नुभयो ।


    सोमवार, मंसिर १७ २०८१०९:४२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij