Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीको चीन भ्रमणबारे औपचारिक जानकारी छैन: गणेश पराजुली

प्रधानमन्त्रीको चीन भ्रमणबारे औपचारिक जानकारी छैन: गणेश पराजुली

  • शनिवार, मंसिर १५ २०८१

  • 575
    SHARES

  • प्रधानमन्त्रीको चीन भ्रमणबारे औपचारिक जानकारी छैन: गणेश पराजुली

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता गणेश पराजुलीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे मूख्य राजनीतिक दलहरुसँग सरकारले कुनै पनि संवाद नगरेकाले अपनत्व लिने या नलिने भन्नेबारे प्रश्न गर्नुभएको छ । 'सरकारले आफूहरुसँग संवाद, छलफल गर्नै नचाहेको गुनासो गर्दै उहाँले भ्रमणबारे औपचारिक जानकारी नभएको स्पष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपालीबहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पराजुलीले औपचारिकरुपमा बिदेश भ्रमणलाई जोडेर आफ्नो पार्टीको कुनै पनि टिप्पणी नभएको तर्क गर्नुभयो ।

    यस्तै उहाँले यो देश कांग्रेस र एमालेको मात्रै हो भन्दै प्रश्नसमेत गर्नुभएको छ । दुई दलले मात्रै निर्णय गर्नु भनेको अधिनायकवाद लाद्न खोजेको उहाँको आरोप लगाउनुभयो ।

    राष्ट्रप्रमुखको भ्रमणमा भएका सम्झौता, समझदारीको सकारात्मक पाटोमा पनि नकारात्मक पाटोमा जवाफदेयी सम्पूर्ण राजनीतिक दल सिंगो सरकार हुने भएकाले जानुपूर्व प्रतिपक्ष दलसँग छलफल र संवाद गर्नु आवश्यक रहेको नेता पराजुलीको भनाइ छ । महत्वपूर्ण विषयमा साझा समझदारी, धारणा बनाएर मात्रै भ्रमण गर्नुपर्ने अवस्थामा एकलौटी निर्णय गरेकोमा उहाँले आपत्तीसमेत जनाउनुभयो ।

    यस्तै नेता पराजुलीले बीआरआईका बारेमा कुनै पनि सहयोग अनुदान होस् या ऋण देशको हितमा छ छैन भन्ने हेरेर मात्रै लिनुपर्नेमा जोड दिदै राष्ट्रको हितमा, अर्थतन्त्र बढाउने र जनताको जीवनस्तर उकास्ने तर्फको भए मात्रै स्विकार गर्नुपर्ने सुझाव दिनुभयो ।

    यस्तै विकासको लागि भनेर बनेको वर्तमान सरकारले देशलाई झन् डुबाउँदै र जनतालाई निराश बनाउँदै गइरहेको उहाँको आरोप रहेको छ ।

    भ्रष्टाचारीलाई जोगाउने खेलमा लागेको सरकारबाट केहि पनि आसा गर्न नसकिने समेत उहाँको भनाइ रहेको छ ।


    शनिवार, मंसिर १५ २०८१०९:३४:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij